शनिबार, जेठ २, २०८३

रेशम भेट्न कारागार पुगे लेखराज

नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन्।

National life

सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको नागरिक उन्मुक्तिलाई फकाउन भट्ट बिहीबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका हुन्।

नागरिक उन्मुक्तिका एक नेताका अनुसार भट्टले कारागार पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेकोमा चौधरीले भने माग पुरा नभएसम्म समर्थन गर्न नसकिने जवाफ फर्काएका थिए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पनि पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भइसकेको बताएकी छन्।

प्रकाशित: Feb 09, 2023| 13:45 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...