बिहीबार, भदौ १९, २०८२

एमाले भन्छ- सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले साथ दिन्छ

नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा विश्वस्त रहेको बताएका छन्।
 |  बिहीबार, माघ २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

vianetvianet

धनगढी- नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा विश्वस्त रहेको बताएका छन्। 

Kumaribank

बिहीबार पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव पेस गर्दा नागरिक उन्मुक्ति पार्टीले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी छ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएको छ। 

विश्वासको मतका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सांसदहरु काठमाडौंमा रहेकोबारे सोधिएको प्रश्नमा मन्त्री भण्डारीले प्रदेश सभा बैठक सुरु हुनु अगाडि सांसदहरू धनगढी आइपुग्ने बताएका थिए। 

काठमाडौंदेखि धनगढीसम्मको हावाई दूरी एक घण्टाको रहेको बताउँदै उनले विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागी हुने बताए। 

Metro Mart

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्। 

सावल मुख्यमन्त्री नियुक्त हुँदा भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन थियो। रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Feb 09, 2023| 12:23 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...