बिहीबार, भदौ १९, २०८२

बागमती प्रदेश सभा बैठक १ बजे बस्ने

बागमती प्रदेश सभाको बैठक आज १ बजेका लागि बोलाइएको छ।
 |  बिहीबार, माघ २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

vianetvianet
Kumaribank
Metro Mart

मकवानपुर- बागमती प्रदेश सभाको बैठक आज १ बजेका लागि बोलाइएको छ। दलहरूबीच विवाद कायम रहेका बेला सो प्रदेश सभाको बैठक आज बिहीबारका लागि बोलाइएको हो। सभामा प्रतिनिधित्व गर्ने सात दलबीच संसदीय समितिको नेतृत्वको विषयमा विवाद भएपछि माघ २३ गते सोमबार स्थगित भएको बैठक आजका लागि बोलाइएको हो।

आजको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ। प्रदेशसभा सचिवालयले सर्वदलीय सहमतिमै बैठक आह्वान गरे पनि ‘सभाले बैठकको बिजनेस प्राप्त गर्न सकेको छैन।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन्।

प्रकाशित: Feb 09, 2023| 09:59 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...