सोमबार, मंसिर ८, २०८२

नेपालसँग बेहोरेको त्यो हारको बदला लिन चाहन्छ भारत?

नेपालले भारतलाई साफमा कहिल्यै हराउन सकेन। तर, गएको भदौमा घरेलु मैदानमै भएको साफ च्याम्पियनसिप नेपालका लागि अपवाद रह्यो। त्यसमा नेपालले भारतलाई १–० ले हरायो।
 |  बुधबार, माघ २५, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, माघ २५, २०७९

काठमाडौं– नेपाली सिनियर महिला फुटबल टोलीले भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि अभ्यास थालेको एक हप्ता पूरा भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा नेपाली टिमले भारतलाई हराउने लक्ष्यका साथ अभ्यास गरिरहेको मुख्य प्रशिक्षक अनन्तराज थापा बताउँछन्।

National life

माघ १७ गतेबाट सुरु भएको अभ्यासमा सहभागी सरु लिम्बू भन्छिन्, ‘तयारी राम्रो हुँदैछ। देशको लागि केहि जितेर आउँ भनेर मेहेनेत गरिरहेको हो।’ सुरुमा ४३ खेलाडी बोलाएका अनन्तले त्यसको चार दिनपछि खेलाडीको संख्या ३३ मा झारेका छन्। ‘चार–पाँच दिन यी खेलाडीको प्रदर्शन नजिकबाट हेरिरहेका छौं। उनीहरुले राम्रो गरिरहेको देखेको छु,’ प्रशिक्षक थापाले भनेका छन्।

अनन्तलाई लाग्छ– फुटबलमा भारत र हाम्रो प्रतिद्वन्दितालाई शब्दले बयान गर्न गाह्रो छ। उनी अगाडि भन्छन्, ‘दुवै टिममा उत्तिकै प्रतिस्पर्धि खेलाडीहरु रहेका छन्। साथै पोटेन्सियल भारतमा जति छ नेपालमा पनि उस्तै पोटेन्सियल भएका खेलाडीहरु छन्। केहि एक्सपोजर कमि भएको कारण अपग्रेड गर्न नपाएको हो। यस्तै मैत्रीपूर्ण खेलहरुले चाहिँ उनीहरुलाई अवसर दिन्छ र प्रगति गर्न सकिन्छ।’

नेपालले भारतलाई साफमा कहिल्यै हराउन सकेन। तर, गएको भदौमा घरेलु मैदानमै भएको साफ च्याम्पियनसिप नेपालका लागि अपवाद रह्यो। त्यसमा नेपालले भारतलाई १–० ले हरायो। त्यो प्रतियोगितामा त भारतले बंगलादेशसँग पनि हार्यो। त्यो जितले नेपाली महिला फुटबलमा अर्थ राखेको छ।

अब त्यो हारको बदला लिनका लागि भारतले नेपाललाई मैत्रीपूर्ण खेलमा बोलाएको अनुमान पनि नेपाली टिमले गरेको छ। ‘साफमा हामीले हराएको भएर त्यो बदला लिनका लागि नै बोलाएको होला!’ पत्रकारसँगको कुराकानीमा मिडफिल्डर सरुले भनेकी छन्, ‘त्यसकारण हामीले तयारी गरेर मेहेनेत गरिरहेको हो। गाह्रो हुन्छ, त्यो गाह्रोलाई कसरी व्यवस्थापन गरेर खेल्ने भन्ने योजनामा छौं।’ साफमा भारतका केहि महत्वपूर्ण खेलाडी अनुपस्थित थिए। उनीहरु युरोपेलि लिगमा व्यस्त थिए।

Laxmi sunrise bank
kumari
नेपालले भारतलाई साफमा कहिल्यै हराउन सकेन। तर, गएको भदौमा घरेलु मैदानमै भएको साफ च्याम्पियनसिप नेपालका लागि अपवाद रह्यो। त्यसमा नेपालले भारतलाई १–० ले हरायो।

उतिबेला भारत फिफाको प्रतिबन्धबाट भर्खरै मुक्त भएको थियो। आफ्नो देशकै फुटबल अन्योल रहेको अवस्थाबाट गुज्रिएर एक हप्ताको अभ्यास गरेर टिम नेपाल पुगेको थियो। तर अहिले भारतको टिम पहिलेजस्तै संगठनात्मक बनेको छ। ‘हामीभन्दा पहिले भारतको टिम क्याम्प बसेका छन्। उसको तयारी राम्रो भइरहेको देखिन्छ। हामीलाई हराउन नै होला। खासमा, इन्डिया निकै टफ टिम हो,’ सरुले भनिन्। भारतका खेलाडीविरुद्ध नेपाली खेलाडीले पनि केहि स्किल सिक्ने प्रशिक्षक अनन्तले विश्वास लिएका छन्।

पछिल्लो समय महिलाको खेल साफ भएकाले उनले साफकै खेल हेरे अहिलेको टिमलाई आकृति दिइरहेका छन्। ‘यो टिमले राम्रो फाइट दिन्छ भन्ने लागिरहेको छ। यो एक अवसर पनि हो चुनौति पनि हो। यसमा दुवै विकल्पहरु रहेका छन्,’ उनले भने, ‘अहिले क्याम्पमा देखिएका खेलाडीहरु राम्रो फर्ममा देखेको छु। प्रदर्शन पनि राम्रो होला। महिला फुटबलमा भारत त पावर हाउस नै हो। जहिल्यै पनि हाम्रो प्रतिस्पर्धा हुने गरेको छ। यस पालि चाहिँ नयाँ रणनीतिका साथ अघि जाने भन्ने छ। भारतलाई हराउने नै लक्ष्य रहेको छ। हेरौं अब कस्तो हुन्छ।’

अब भारतसँग नेपालले फेब्रुअरी १५ मा पहिलो र १८ तारिखमा दोस्रो खेल खेल्नेछ। त्यसको लागि अन्तिम टोली घोषणा गर्न अझै समय बाँकी छ। अहिले नेपालको यू २० टिम बंगलादेशको ढाकामा साफ च्याम्पियनसिप खेलिरहेको छ। फाइनल बाँकी रहेको च्याम्पियनसिपमा उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्ने तय भएको छ। फाइनल खेल बिहीबार हुनेछ। त्यसैले अनन्त फाइनल स्क्वाड निकाल्नु अघि त्यो टिममा रहेका तीन खेलाडीलाई पर्खिरहेका छन्। उनी यू–२० मा रहेका दिपा शाही, कप्तान प्रिति राई र अमिशा कार्कीलाई पनि सिनियर टिममा समावेश गर्न चाहन्छन् र केहि दिन अभ्यास गर्न चाहन्छन्।

नेपालले दोस्रो खेलमा भुटानविरुद्ध चार गोल गरेको थियो। पछिल्लो समय नेपालले भारतलाई ३–१ ले हरायो। यता, भारत र बंगलादेशको खेल बराबरी भयो। ‘मैले त्यो खेल पनि हेरिरहेको छु। त्यहाँ राम्रो लेभलको खेलाडी छन्। अमिषा, प्रिति र दिपा टिममा आउन लायक छन्। साफमा पनि उनीहरुले खेले। उनीहरुलाई कम्बाइन गरेपछि हामी स्क्वाड घोषणा गर्ने हो।’

लिग र निरन्तर प्रतियोगिता
अघिल्लो वर्षको साउनमा भएको राष्ट्रिय महिला लिग बीचमै रोकियो। एन्फा र स्थानीय तह चुनावलाई कारण देखाउँदै एन्फाले बाँकी रहेको आधा लिग गर्न सकेको छैन। प्रशिक्षक अनन्त पनि लिग भइदिएको भए राष्ट्रिय खेलाडीका लागि राम्रो हुने बताउँछन्। यता भारतमा भने लगातार लिग भइरहेको नै छ। उनले भनेका छन्, ‘महिला लिग लगातार भएको भए राम्रो हुन्थ्यो। भारतमा चाहिँ लगातार आइ लिग भइरहेको छ। घरेलु लिगको फरकले नै हो उनीहरु बलिया भएका।’

यता सरु भने नेपालमा प्रतियोगिता नभएर नै अहिले पुरुष टिमका खेलाडी धमाधम बाहिरिरहेको बताउँछन्। महिलामा पनि यस्तै अवस्था हो भने राष्ट्रिय महिला टिमका खेलाडी पनि बाहिरिनु पर्ने उनको तर्क रहेको छ। उनी भन्छिन्, ‘अब एन्फाले चाहिँ प्रतियोगिता धेरै गरिदिनु भयो भने हामीलाई राम्रो हुन्छ भन्ने लाग्छ।  अहिले चाहिँ खेलाडीहरु विदेश गइरहेका छन्। केटीहरुको पनि त्यस्तो नहोस् भन्नका लागि खेल हुनपर्छ। वर्षमा ९ देखि १० खेल भयो भने हामीलाई राम्रो हुन्छ भन्ने लागेको छ।’

भारतविरुद्धको यो मैत्रीपूर्णमा चाहिँ नेपाली खेलाडीको अर्को पनि योजना छ कि आई लिगमा छानिने तवरले प्रदर्शन गर्ने। ‘अब हामीले भारतलाई हराउन सक्यो भने हाम्रो खेलाडीलाई त्यहाँको लिगमा अवसर पनि हुन्छ,’ अनन्तले भने, ‘हामी चार पाँच जना खेलिरहेका छन्। भोलि १०–१२ जना खेल्न त्यहाँ जान सक्यो भने खेलाडीलाई पनि राम्रो हुन्छ भनेर मोटिभेट गरिरहेको छु।’

अघिल्लो वर्षको साउनमा भएको राष्ट्रिय महिला लिग बीचमै रोकियो। एन्फा र स्थानीय तह चुनावलाई कारण देखाउँदै एन्फाले बाँकी रहेको आधा लिग गर्न सकेको छैन। प्रशिक्षक अनन्त पनि लिग भइदिएको भए राष्ट्रिय खेलाडीका लागि राम्रो हुने बताउँछन्।

यो प्रतियोगिता खेलाडीका लागि मात्र नभएर पहिलो पटक महिला सिनियर टिमका प्रशिक्षण गर्न पाएका अनन्तको लागि पनि महत्वपूर्ण छ। भन्छन्, ‘प्रशिक्षण भनेको पनि सिक्ने प्रकृया र अब आफूलाई दिएको टास्क राम्रोसँग गर्ने हो। कुन रणनीतिले जाँदा सफल भइन्छ भनेर बेस्ट दिने हो। हेर्दै जाउँ।’

उनले यसअघि महिला टिमको टेक्निकल टिममा बसेर काम गर्ने अवसर भने पाएका थिए। भदौमा भएको साफमा उनी टेक्निकल टिममा थिए। ‘त्यतिबेला मैले पाकिस्तान, नेपाल, बंगलादेश र भारतको खेल हेरेको थिएँ। त्यसले मलाई ब्याक सपोर्ट भयो र अहिले यो सहजै भएको छ। यी खेलाडीहरु कौशलले भरिएका छन्। रणनीति राम्रोसँग बुझेर अघि गइरहेको हो।’

अनन्तलाई लाग्छ अहिले एन्फामा आकृति लिँदै गरेको राष्ट्रिय टिम समग्रमा फाइटिङ स्पिरिट बोकेको टिम छ। ‘सेन्टर ब्याकमा चाहिँ पुनम जर्घामगर नभएर गाह्रो भइरहेको छ। तर समाधान निकाल्न खोजिरहेका छौं तर मिडमा अहिले प्रिति पनि राम्रो छ,’ उनले भने।

अब यो मैत्रीपूर्ण खेलका लागि टिम सकारात्मक उर्जाले भरिएको सरु बताउँछिन्। ‘सकारात्मक र उर्जासिल वातावरण रहेको छ। बंगलादेशमा जारी साफमा पनि यू २० ले राम्रो प्रदर्शन गरिरहेका छन्। हामीलाई चाहिने सबै खेलाडी साथै छौं,’ सरुले अन्तिममा भनिन्।

प्रकाशित: Feb 08, 2023| 18:30 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।