शुक्रबार, फागुन २९, २०८२

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित

नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन्। कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन्। कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन्।

National life

अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे।

मंगलबार सम्पन्न मतगणना अनुसार एक जना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ।

यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका साथ विजयी भए। उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन्।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने। उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए।

Laxmi sunrise bank
kumari

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरे। उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए। गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए। यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित: Feb 08, 2023| 07:12 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्