सोमबार, वैशाख २८, २०८३

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेतीले राजीनामा दिए

उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष वोर्डका अध्यक्ष उप्रेतीले राजीनामा दिएका हुन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life

काठमाडौं- स्वास्थ्य विमा वोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन्। उप्रेतीले  स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष वोर्डका अध्यक्ष उप्रेतीले राजीनामा दिएका हुन्। ‘स्वास्थ्य विमा वोर्डका अध्यक्षको राजीनामा दिनुभएको  छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँले आज नै राजीनामा बुझाउनु भएको छ, तर किन भन्ने कारण थाहा भएन।’ 

विमा बोर्डका एक सदस्यका अनुसार अध्यक्ष डा. उप्रेतीले स्वास्थ्य विमा वोर्ड र मन्त्रालयप्रति असन्तुष्टि जनाउँदैं आएका थिए।  स्वास्थ्य विमा सम्बन्धमा सरकारसँग र विमा वोर्डका कार्यकारी अधिकृतसँग असन्तुष्टि राख्दैं आउनुभएको थियो तर, त्यसमा कुनै सुनुवाई नभएपछि राजीनामा दिनुभएको हो।’ 

१९ भदौं २०७७ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रिपरिषद्ले डा. उप्रेतीलाई स्वास्थ्य विमा वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

प्रकाशित: Feb 07, 2023| 19:12 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्