बिहीबार, असार ३२, २०८३

टर्की-सिरिया भूकम्पः मृतकको संख्या पाँच हजार पुग्यो

यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ। भग्नावशेषमा परिणत भएका सयौं भवनमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने आशाका साथ खटिरहेका छन्।  

यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।

उद्धार तथा राहतका काम प्रभावकारी ढंगले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन्। कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा गर्न हम्मेहम्मे परेको छ। अहिलेसम्म झण्डै दुई सय पराकम्प गएका बताइएको छ।


प्रकाशित: Feb 07, 2023| 16:22 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।