शनिबार, चैत ११, २०७९

चितवन २ का मतदातालाई अभिभावकत्व दिन्छौं: डा. कोइराला

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन्।

National life insurance

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन्।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ। कोइरालाले भने, ‘तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु पर्‍यो। ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस्।’

उनले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए। नेता कोइराला भने, ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ।’

प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए। प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो। अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताए।

worldlink

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेसजगत्माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताए। उनले पछिल्लो समय सङ्गठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण कांग्रेस कमजोर बनेको बताए। सदस्य भटृराईले भने, ‘गुट निर्माणमा होइन सङ्गठन निर्माणमा लागौं।’

अर्का केन्द्रीय सदस्य डा गोविन्द पोख्रेलले कमजोरी दबाउने काममा प्रेसजगत् लाग्न नहुने बताए। अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरु एक भएर लाग्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: Feb 07, 2023| 04:18. 26 मंगलबार, माघ २४, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले...