आइतबार, मंसिर २१, २०८२

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउँछौं : मन्त्री शर्मा

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसद्‌मा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दाबी गरेकी छन्। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसद्‌मा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन्।

National life

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्‌घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गरिन्।

उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको बताइन्।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्त्वकांक्षी योजना अघि सार्ने पनि बताइन्। 

‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के–के हुन्छन् भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ’, उनले भनिन्, ‘आजको दिनमा पनि हाम्रो आफ्नै स्याटलाईट छैन। हिजोको सरकारले हातहातमा मोबाइल, घरघरमा इन्टरनेट भन्दा त्यो नारा पनि सम्भव हो र भनेजस्तो हामीलाई लाग्दथ्यो। तर, आज आएर त्यो सम्भव भयो। त्यस्तै महत्वकांक्षी नाराहरु अगाडि सारेर हामीले अगाडि बढन जरुरी छ भन्ने मलाई लाग्दछ।’

Laxmi sunrise bank
kumari

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावनासाथ अघि बढनुपर्नेमा पनि जोड दिइन्। 

प्रकाशित: Feb 07, 2023| 14:36 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...