शुक्रबार, फागुन २९, २०८२

आँखाको समस्यापछि कारागारबाट अरुण चौधरीलाई अस्पताल लगियो

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आँखामा समस्या देखिएपछि अस्पताल लगिएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

धनगढी- निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आँखामा समस्या देखिएपछि अस्पताल लगिएको छ।

National life

आँखामा समस्या आएपछि उनलाई धनगढी नेत्रालय लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

कैलाली २ बाट निर्वाचित भएका चौधरी २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका हुन्।

२०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

प्रकाशित: Feb 07, 2023| 13:50 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्