शनिबार, चैत ११, २०७९

बुधबार विप्लवको विशेष पत्रकार सम्मेलन

नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन्। बुधबार दिउँसो १ बजे काठमाडौंको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको हो।

National life insurance

समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए। ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराइने छ’ ती नेताले भने, ‘पछिल्लो पार्टी बैठकका निर्णय समेत सार्वजनिक गरिने छ।’ सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ। पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन्। 

गत शनिवार विप्लवसहित प्रवक्ता विश्वकर्मा कपिलवस्तुको शिवगढीबाट काठमाडौँ आएका थिए। त्यस लगतै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड सहित प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन्। कानुन मन्त्री ध्रुर्वबहादुर प्रधानसहित सत्ता साझेदार दलका नेताहरूलाई समेत भेट्ने कार्यतालिका बनाएको छ।


प्रकाशित: Feb 07, 2023| 11:39. 22 मंगलबार, माघ २४, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले...