आइतबार, जेठ ३, २०८३

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life

कास्की- गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका थिए। आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ। 

प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो। बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ।

प्रकाशित: Feb 07, 2023| 09:13 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...