आइतबार, जेठ ३, २०८३

प्रधानमन्त्रीको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी

अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेका छन् र मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छन्। 

National life

सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकिएको जानकारी दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु शिशिर खनाल र डोलप्रसाद अर्यालले राजीनामा दिएपछि दुई मन्त्रालय खाली भएका हुन्।

रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अर्याल नियुक्त भएका थिए। पार्टीको निर्णयअनुसार उनीहरु दुवैले हिजो आइतबार राजीनामा दिएका थिए।

रास्वपा सभापति रवि लामिछानेको सांसद नरहेपछि गृह मन्त्रालय पनि खाली छ र गृहको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै लिएका छन्। त्यसैगरी वन तथा  वातावरण मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीकै काँधमा छ।  

युवा तथा खेलकुद मन्त्रालय पनि मन्त्रीविहीन छ। सो मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्। 

यसअघि प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालय वन तथा वातावरण र युवा तथा खेलकुदमन्त्री नियुक्त हुन बाँकी थियो। अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेका छन् र मन्त्रिपरिषद् १९ सदस्यीय कायम  भएको छ।


प्रकाशित: Feb 06, 2023| 15:43 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...