शनिबार, चैत ११, २०७९

को-को छन् सशस्त्रको डीआईजी दौडमा?

सशस्त्र प्रहरी बल (एपीएफ) मा ९ महिनादेखि रिक्त रहेको नायव महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया सुरु गरिएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- सशस्त्र प्रहरी बल (एपीएफ) मा ९ महिनादेखि रिक्त रहेको नायव महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया सुरु गरिएको छ। माघ १९ गते बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले हस्ताक्षर गरेको एक सूचना सशस्त्र हेडक्वार्टरले जारी गरेको छ।

National life insurance

जसमा योग्य उम्मेदवारले एक साताभित्र बढुवाका लागि चाहिने आवश्यक कागजात पेस गर्न आग्रह गरिएको छ। सूचना जारी भएसँगै डीआईजी बढुवाका लागि तीव्र लबिइङ सुरु भएको छ।

सशस्त्रमा अहिले चार डीआईजीको दरबन्दी रिक्त छ। कुल १६ डीआईजीको दरबन्दी रहेकोमा राजु अर्यालय गत वैशाखमा आईजीमा बढुवा भएदेखि नै दरबन्दी रिक्त हुँदै आएकोमा पदपूर्ति हुन सकेको थिएन।

गत वैशाख १८ गते अर्याल आईजीमा बढुवा भएपछि डीआईजी पद रिक्त हुन सुरु गरेको थियो। उनीसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम एआईजीमा बढुवा भएपछि सशस्त्रमा ३ डीआईजी पद रिक्त भयो। 

त्यसपछि एआईजीको दरबन्दी थप गर्दै गत भदौ ६ गते वंशीराज दाहाललाई एआईजीमा बढुवा गरेपछि सशस्त्रमा ४ डीआईजीको दरबन्दी रिक्त भएको थियो। सोही रिक्त पदमा बढुवा हुन अहिले एसएसपीहरुबीच तीव्र प्रतिस्पर्धा छ। 

worldlink

अहिलेको डीआईजी बढुवाका लागि प्रहरीको प्राविधिक सईमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका कृष्णराज पाठक र सशस्त्रको इन्सपेक्टरमा भर्ना भएको पहिलो टोलीबीच प्रतिस्पर्धा हुनेछ।

२०५९ कात्तिक २६ मा सशस्त्रको इन्सपेक्टरमा भएका सिसं. १ का टोलीहरु पहिलोपटक डीआईजी बन्न लागेका हुन्। सशस्त्रको पहिलो ब्याचमा ९ जनालाई इन्सपेक्टरमा भर्ना लिइएको थियो। उनीहरुमध्ये अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ डीआईजी बढुवाका प्रतिस्पर्धामा छन्। सिसं. १ मै भर्ना भए पनि स्टाफ कलेज पास नगरेकाले प्रकाश थापा भने प्रतिस्पर्धाबाट बाहिर छन्।

सशस्त्रमा डीआईजी बढुवाका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। जसकारण अहिले रिक्त रहेको ४ डीआईजीका लागि सिसं. १ का ८ जना र प्रहरीको प्राविधिक सईमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका १ जना गरी ९ जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ।

प्रकाशित: Feb 06, 2023| 02:43. 45 सोमबार, माघ २३, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले...