मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, बुधबार सफलता मिल्ला?

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, बुधबार सफलता मिल्ला?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते बुधबार विश्वासको मत लिने तयारी गरेका छन्। २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन्।

National life insurance

मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्नै लाग्दा रावलले विश्वासको मत दिन नसकिरहेको अवस्थामा २५ गतेका लागि उनले विश्वासको मत लिने तयारी थालेका हुन्।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिए।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेतासमेत रहेका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने छ।

सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताउँदै आएको थियो। सर्वोच्च अदालतले आइतबार चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश दिएसँगै नागरिक उन्मुक्ति पार्टी सकारात्मक देखिएकाले उनले विश्वासको मत लिने तयारी थालेको बताइएको छ।

worldlink

नागरिक उन्मुक्ति पार्टीले सर्वोच्चको फैसलापछि १३ वर्ष अघिको आगजनी मुद्दामा कैलाली २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ गरेको विरोधमा घोषणा गरेका आन्दोलनका कार्यक्रमसमेत स्थगीत गरेको छ।

प्रकाशित: Feb 06, 2023| 01:59. 31 सोमबार, माघ २३, २०७९

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।