मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ। सरकारबाट बाहिरिने निर्णय गरेपछि आइतबार नै रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाइसकेका छन्।

National life insurance

राजीनमा बुझाएका तीन मन्त्रीले आज पत्रकार सम्मेलनको आयोजना गर्ने बताएका थिए। दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ।

आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका सचेतकसँग राय लिएका थिए। सोही क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग उनको कुराकानी भएको थियो। त्यसपछि रास्वपाबाट बाहिरिएका मन्त्रीले आजको पत्रकार सम्मेलन स्थगित गरेको बताइएको छ।

राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए।

प्रकाशित: Feb 06, 2023| 01:39. 42 सोमबार, माघ २३, २०७९