आइतबार, फागुन १३, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाका निवर्तमान मन्त्रीहरूले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

रास्वपाका निवर्तमान मन्त्रीहरूले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।

सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो। पत्रकार सम्मेलन स्थगित गर्नुको कारण भने खुलाइएको छैन।

श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लागेका थिए।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आइतबार नै रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए। 

प्रकाशित: Feb 06, 2023| 12:35 सोमबार, माघ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...