काठमाडौं- भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हतुवागढी गाउँपालिका–१ बस्ने २६ वर्षीय यदुराज बस्नेतलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
बस्नेतले ती किशोरीलाई गत शुक्रबार राति घोडेटारदेखि पूर्णेबजारसम्म आवतजावत गर्ने कच्ची बाटोको च्यानडाँडा भन्ने स्थानमा ना.५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।