आइतबार, जेठ ३, २०८३

इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्‍न : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

National life

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन्। आज सामाजिक सन्जालमार्फत् नेता रावलले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने बताएका हुन्। 

'राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ,' उनले लेखेका छन्, 'आलोचना सुन्छ। सत्य तथ्य -औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौं।'

लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए। सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए। जसको अहिले व्यापक आलोचना भइरहेको छ।

प्रकाशित: Feb 06, 2023| 11:37 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...