शनिबार, चैत ११, २०७९

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरूको आज पत्रकार सम्मेलन

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भई आइतबार राजीनामा बुझाएका सांसदले आज पत्रकार सम्मेलन गर्दैछन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भई आइतबार राजीनामा बुझाएका सांसदले आज पत्रकार सम्मेलन गर्दैछन्।

National life insurance

तीन सांसदहरूले आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिका बारेमा जानकारी गराइने बताइएको छ। 

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए।

रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ।

प्रकाशित: Feb 06, 2023| 09:50. 28 सोमबार, माघ २३, २०७९