बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै

राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै

सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन्। सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन्। 

National life

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए।

रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ।

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन्। रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए।


kumari

प्रकाशित: Feb 06, 2023| 08:13 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...