शनिबार, वैशाख १५, २०८१

देशका मुख्य पाँच क्रिकेट मैदानमा यस्तो छ खेलाडीको अनुभव

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले वर्षेनी आयोजना गर्ने प्रधानमन्त्री कप महिला क्रिकेट देशका विभिन्न ठाउँमा आयोजना भइरहेको छ।
 |  सोमबार, माघ २३, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, माघ २३, २०७९

इटहरी- राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले वर्षेनी आयोजना गर्ने प्रधानमन्त्री कप महिला क्रिकेट देशका विभिन्न ठाउँमा आयोजना भइरहेको छ। क्यानले देशका विभिन्न ठाउँमा क्रिकेटको राष्ट्रिय प्रतियोगिता गराएपछि खेलाडीले पनि फरक मैदानमा खेलको अनुभूति गर्न पाएका छन्।

triton college

पछिल्लो संस्करणको पिएम कप इटहरीको जनता पार्कमा आयोजना भएको थियो। सुदूरपश्चिमले पहिलो पटक उपाधि जित्दै गर्दा नेपाली महिला क्रिकेटका राष्ट्रिय प्रतियोगिता सो ठाउँमा दोस्रो पटक मात्र भएको थियो। पछिल्ला तीन वर्षमा दाङको देउखुरी क्रिकेट मैदान, कीर्तिपुरको त्रिवी क्रिकेट मैदान, कैलालीको फाप्ला क्रिकेट मैदान, पोखराको पोखरा रंगशालाका साथै इटहरीको जनता पार्कमा क्रिकेटका प्रतियोगिता भएका छन्।

ती मैदानमा नेपाली राष्ट्रिय टिमका नियमित खेलाडी कविता जोशी, डल्ली भट्ट र सिता राना मगरको खेल अनुभव यस्तो छः

दाङ देउखुरी क्रिकेट मैदान

corrent noodles
Metro Mart
देउखुरी क्रिकेट मैदान

तीन वर्ष अघि दाङको लमहीमा भएको पिएमप कपमा देउखुरी मैदानको पीच राम्रै थियो तर आउटफिल्ड सम्झनलायक थिएन। खाल्डाहरुमा बालुवा राखेको थियो। त्यहाँ बल मजाले गुड्न पाएको थिएन। तर आयोजकले राम्रो प्रयास गरेको खेलाडी बताउँछन्। ‘काठमाडौंजस्तो होटेलको सुविधा नभए पनि दर्शक चाहिँ राम्रो हुनुहुन्थ्यो,’ कविताले भनिन्।

नेपालमा महिला क्रिकेट भइरहेको थाहा पाए पनि दर्शकहरु त्यति धेरै आउँदैनन्। तर त्यहाँ धेरै दर्शक आएका थिए। अझै फाइनलमा त धेरै नै आए र एउटा माहोल नै बन्यो। ‘आशा नै गरिएको थिएनौँ कि त्यति धेरै दर्शक आउनेछन्,’ कविताले कुरालाई जोड्दै भनिन्, ‘तर, हामीले त्यहाँ अपेक्षाकृत प्रदर्शन गर्ने सकेनौँ।’ त्यहाँका दर्शक देखेर सुदूरपश्चिमका खेलाडीलाई लागेको थियो– हामी पनि फाइनल पुग्न पाएको भए ! ‘हामीमा धेरै क्वालिटी छन्। तर के हुन्छ कुन्नी हामीले ट्यालेन्ट देखाउन सकिरहेकै हुँदैनौँ। अरु टिम हेर्दा चाहिँ हामी फाइनल पुग्छौं भन्ने भएको थियो,’ कविता भन्छिन्।

त्यो मैदानमा डल्ली भट्टलाई चाहिँ फिल्ड बाहिर र भित्र जहाँ पनि सुदूरपश्चिमको साथीहरुले सपोर्ट गरिरहेको कारण रामाइलो लागेको थियो। ‘सेमीफाइनल पुग्दा नै हामीलाई त्यहाँ स्थानीयले गेट टुगेदर गर्नुभएको थियो। त्यो भन्दा अघि हामी आठौं राष्ट्रिय खेलकुदमा गएको हो। म दुई पटक गएको छु त्यहाँ,’ भट्टले भनिन्।

काठमाडौंबाहिर खेल्दा कहीँ पनि मैदान राम्रो हुँदैन। तर त्यहाँ फ्यानको क्रेज चाहिँ देखिने सिता राना मगर बताउँछिन्। ‘त्यहाँ वातावरण फरक भयो। कति भाइबहिनी आउनु हुन्थ्यो। चिनेर फोटो खिचाउनु हुन्थ्यो। सिता, रुविना (प्रदेश १ तथा राष्ट्रिय टिमको कप्तान) भनेर समर्थक आएर फोटो खिच्ने साइन लिने हुँदा केहि महत्वपूर्ण फिल हुन्छ,’ सिताले अनुभव साटिन्।

तर त्यहाँ भएका खेलले स्थानीय कति इन्स्पायर भए भनेर आँकलन नै गर्न मिल्ने छैन। खेलाडीहरुलाई पनि त्यो कुरा थाहा भएको छैन, कि देशका विभिन्न ठाउँमा हुने प्रतियोगिताले त्यहाँको क्रिकेट विकासमा सहयोग गरिरहेको छ वा छैन। ‘तर जहाँ जहाँ खेल भइरहेको छ त्यसले स्थानीयचाहिँ इन्स्पायर हुन्छन् भन्ने लाग्छ,’ सिताले भनिन्।

लमहीमा, विभागीय क्लब र प्रदेशको टिमबीच फाइनल भएको थियो। धेरै समर्थकले प्रदेश १ लाई धेरै सपोर्ट गरे। प्रदेशले उपाधि जित्यो पनि। सायद समर्थकको क्रेजले बल पनि पुग्यो कि!

फाप्ला क्रिकेट मैदान, सुदूरपश्चिम

फाप्ला क्रिकेट मैदानमा फुटबलको छनोट गरिंदै।

सुदूरपश्चिमका खेलाडीका लागि त घरेलु मैदान जस्तो नै भयो फाप्ला क्रिकेट मैदान। यहाँ चाहिँ अघिल्लो वर्षको प्रधानमन्त्री कप आयोजना भएको थियो। सुदूरपश्चिमका अधिकांश खेलाडीले खेलिसकेको मैदान थियो यो। नेपालको सन्दर्भमा धनगढी क्रिकेटको सहर पनि हो। 

‘त्यहाँ खेल्दा आफूले चिनेको मानिस धेरै हुने भइहाले। जति टिममेट थियौँ त्यसको परिवार र छिमेकी आउने हुँदा क्राउड बढ्यो नै। त्यहाँ क्रिकेट बुझेका मानिस थिए,’ फाप्लामा खेल्दाको अनुभव सुनाउँछिन् कविता, ‘म आफ्नो ठाउँमा खेलिरहेको छु। मलाई धेरैले हेरिरहेको छ भन्ने आफूलाई पनि गर्व अनुभूति हुन्थ्यो। धनगढीमा सेमीफाइनल पुगेका थियौँ। रेगुलर खेल्दा मानिसहरुले चासो राख्दैनथे। म्याचको दौरान चाहिँ सबैले सहयोग गरिरहेका हुन्छन्।’

अहिले त त्यहाँ ड्रिम फाप्लाको अवधारणा अघि सारिएको छ। त्यो मैदानले गर्दा नै आफूहरु राष्ट्रिय टिमसम्म पुगेको जस्तो लाग्छ सुदूरपश्चिमी खेलाडीहरुलाई। ‘अहिलेका भाइबहिनीलाई पनि त्यो मैदानले क्रिकेटमा लाग्नु पर्ने रहेछ भन्ने प्रेरणा मिलेको छ,’ कविताको भनाइ छ, ‘दिदीहरु अभ्यास गरिरहेको छ भनेपछि केहि बच्चालाई यो खेल्नुपर्ने रहेछ भन्ने, जान्नेबुझ्ने अवसर पाउँछन्। जब खेल हुन्छ त्यसले स्थानीय बच्चाहरुलाई थप सहयोग गर्छ।’ तर खेल नभएको अवस्थामा यो मैदानमा गाई चराउने, फुटबल खेल्ने गरिएको छ। यसले क्रिकेट मैदानले पनि क्रिकेटको विस्तार गर्न सकिरहेको छैन।

क्रिकेटलाई दिएको मैदान चरन क्षेत्र बन्दा वा फुटबल डोमिनेट हुँदा खेलाडीलाई पनि नराम्रो अनुभव हुने भयो। ‘सुधार भइदियो भने हामीले गर्व गर्न पाइन्थ्यो कि भन्ने लाग्छ अब पीच मात्र मेन्टेन भयो भने पनि नयाँ खेलाडी बोलाएर खेलाउन सकिन्थ्यो। तर फितलो रुपमा प्रयोग पीच विगार्दा नराम्रो फिल हुन्छ। अहिले केहि सुधार हुँदैछ,’ कविताले भनिन्।

खासगरि भ्यालीबाहिर प्रतियोगिता हुँदा मात्र पिच बनाइन्छ। स्थानीयलाई अभ्यास गर्नका लागि पनि पिच बनाउनु पर्छ भन्ने कसैलाई होसै हुँदैन। यता इटहरीमा पनि त्यस्तै अवस्था भयो। अरु ठाउँ पनि त्यस्तै। यद्यपि फाप्लामा केहि चियरअप भएकाले खेलाडीलाई खुसी मिलेको थियो। ‘उहाँहरुले जहिल्यै टिभिमा देखेको मानिसलाई आज प्रत्यक्ष देख्न पाइयो भन्दै गफ गर्न आउनु हुन्थ्यो,’ सिताले एक वर्ष अघिको कुरा सम्झिइन्, ‘धनगढी क्रिकेटको हब हो भनेको सुन्दा त्यो ठाउँबारेमा सोच्दा रमाइलो लाग्थ्यो। त्यहाँ हुँदा चाहिँ सेलिब्रेटी फिल हुन्छ। फर्किएपछि चाहिँ नर्मल नै हुन्छ।’

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, काठमाडौं

त्रिवी मैदानमा पछिल्ला दुई वर्षमा ललितपुर मेयर कप भएका छन्। नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने घरेलु मैदान पनि यहि हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल्दा खेरी ‘खेलको भावना त एकै हुने’ बताउँछिन् कविता। तर, त्रिवी मैदानमा पस्ने वित्तिकै त्यहाँको भाव नै अरु मैदानको भन्दा फरक हुन्छ। ‘नेपाल टिमबाट खेल्दाखेरी चाहिँ अलि प्रोफेसनल फिल हुन्छ,’ कविताले भनिन्, ‘महिलाका धेरै प्रतियोगिता नहुने नेपालमा मेयर कप हुँदा नै खुसी लागेको थियो। केटीहरुलाई प्रदर्शन देखाउने मौका मिल्यो भनेर खुसी हुने बाटो बनेको थियो।’

‘त्यहाँ खेल्दा अर्कै गेस्चर आउँछ। फिल्डिङमा डाइभ गर्दा पनि चोट लाग्ने सम्भावना कम हुन्छ। त्यसैले खुलेर खेल्न सकिन्छ। आउटफिल्ड खराब हुँदा कहाँबाट बल उफ्रिएर बाहिर जान्छ कि, म समाउन सक्छु कि नाईँ भन्ने चिन्ता त्यहाँ हुँदैन। सडाइभ गर्न सजिलो हुन्छ।’

यो मैदान लगातार मेन्टेन भइरहने एकमात्र मैदान पनि हो। त्यहाँ खेल्दा एटिच्युट फरक हुने बताउँछिन् कविता भट्ट। उनले भनिन्, ‘मैदान, ग्राउन्ड स्टाफ, पीच र आउटफिल्ड, प्लेयर बक्स सबै राम्रो भएको कारण प्रोफेसनल फिल हुन्छ।’

टियूमा घरेलु प्रतियोगिता हुँदा त्यहाँको बासिन्दा अनुसारको दर्शक नआउनु चाहिँ खेलाडीको प्रेरणाको लागि राम्रो भएको थिएन। सबै जनाले आएको हेर्दिएको भए अझै राम्रो खेल्ने प्रेरणा मिल्छ। तर दर्शक नआउँदा चाहिँ त्यो मोटिभेसन नआउने खेलाडी बताउँछन्।

‘त्रिवीमा कहिले काहिँ एक दुई जना आउनु हुन्छ,’ सिताको भनाइ छ। तर राष्ट्रिय टिममा खेलिरहनेका लागि यो पीच धेरै खेलेको पीच हो। क्याम्प नै धेरै त्यहीँ हुन्छ। अहिले सिताले पनि टियूमा धेरै खेलिसकिन्। पहिले पहिले उनीहरुले ल्याब स्कुलको मैदानबाट खेल्ने गर्दथे। ‘हामीलाई थाहै थिएन त्यहीँ माथि त्रिवी मैदान छ भनेर। पछि त्यहाँ पुग्दा ओहो ! ठूलै मैदान रहेछ भन्ने लागेको थियो,’ सिताले भनिन्, ‘पहिले धेरै खेल हुँदैन थिए। डिभिजन फाइभको खेल हुन्थे। हामी हेर्न जान्थ्यौँ। सुरुमा चिल्लो पीच हुन्छ भनेर देख्दा रमाइलो लाग्थ्यो। अहिले त त्यस्तो फिल हुँदैन।’

डल्ली भट्ट भन्छिन्, ‘त्यहाँ खेल्दा अर्कै गेस्चर आउँछ। फिल्डिङमा डाइभ गर्दा पनि चोट लाग्ने सम्भावना कम हुन्छ। त्यसैले खुलेर खेल्न सकिन्छ। आउटफिल्ड खराब हुँदा कहाँबाट बल उफ्रिएर बाहिर जान्छ कि, म समाउन सक्छु कि नाईँ भन्ने चिन्ता त्यहाँ हुँदैन। सडाइभ गर्न सजिलो हुन्छ।’

पोखरा रंगशाला, पोखरा


पोखराको पीच राम्रो नै छ, आउटफिल्ड चाहिँ ठिकै मात्र। पोखरा रंगशाला नेपालको दोस्रो राम्रो क्रिकेट मैदान हो। यहाँ नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेट भएका थिए तर धेरै खेल भइरहेको कारण दर्शक बाँडिए, आएनन्। नेपाल हिमालयको देश हो भनेर चिनाउने मैदान पनि हो पोखरा। जाने बित्तिकै माछापुच्छ्रे हिमाल देखिन्छ। त्यसले पनि मनमा राम्रो भाइब्स पैदा गर्ने उनीहरुको अनुभव छ।

‘वातावरण जति राम्रो छ त्यति राम्रो खेल्न सकिन्छ। जानेबित्तिकै हिमाल देखिएपछि हामी जानेबित्तिकै साथीभाइसँग रमाउँथ्यौँ। पोखरामा क्रिकेट मैदान मात्र नभएर स्पोर्टस कम्प्लेक्स नै छ। ठूलो क्षेत्रफल छ। धेरै खेल भइरहेका हुन्छन्। यस्तोमा खेल्न पाउँदाका थप फाइदा पनि हुन्छ। त्यो मैदानमा पुग्दा चाहिँ खेलको दुनियाँमा पुगेको जस्तो लाग्छ,’ कविताले जोशका साथ भनिन्।

सिताले पनि पोखरामा बल राम्रो उठिरहेको अनुभव गरिन्। ‘खेल्दाखेरी गलिएको पनि हुन्छ’ अनि त्यो सुन्दर भ्यु देखेपछि मनमा एक किसिमको शान्ति हुने खेलाडीले अनुभव गरेका छन्। ‘विश्वकै सुन्दर मैदान जस्तो लाग्छ यो। अझै मेन्टेन गर्ने हो भने अझै राम्रो हुन्छ। गज्जबको फिल हुन्छ। त्यहाँ गेटबाट जाँदाबाटै विभिन्न खेलको माहोल हुन्छ। मर्निङ डे खेलमा राम्रो भाइब आउँछ। अन्तर्राष्ट्रियमा जस्तै,’ सिताले भनिन्, ‘हामी केहि समय अघि बंगलादेशलमा बिजेएसपी खेल्न गएको ठाउँमा पनि स्पोट्स कम्प्लेक्स हो। त्यस्तै भावना आउँछ।’

डल्ली भट्ट त अहिले पोखरामै बस्छिन्। उनको नियमित अभ्यास गर्ने मैदान पनि हो यो। ‘मल्टिपल मैदानमा चाहिँ हामीले अन्य खेलका खेलाडीसँग पनि बोल्न, साथी बनाउन पाउँछौं। कोहि बक्सिङ, कोहि फुटबल, कोहि भलिबल खेल्छ होला,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘एउटा स्पोर्टसमेनले अर्को स्पोर्टसमेनलाई समर्थन गरिहेको हुन्छ र उनीहरुबीच हाइहेल्लो हुन्छ। अनुभव साझा गर्न पाइन्छ।  यसरी नै मैले भलिबलका अरुणा शाहीलाई चिनजान भएको थियो। मैले रंगशालामा अभ्यास गर्न जाँदाखेरी शिला क्षेत्री, गौरव श्रेष्ठ, लेखनाथ लम्साल, ओम तामाङहरु फरक खेलकुद क्षेत्रका मानिससँग चिनजान भएको छ।’

उनले अगाडि भनिन्, ‘मलाई क्रिकेट मनपर्छ म क्रिकेट हेर्न जान्छ। त्यहाँ फुटबल वा भलिबल भइरहेको छ भने म पनि त्यहाँ जान्छु। त्यसले खेललाई भावनात्मक रुपमा नजिक ल्याउँछ जस्तो लाग्छ।’

जनता पार्क, इटहरी


यो मैदानमा पनि ठीकै, धेरै राम्रो पनि छैन नराम्रो पनि। तर खेलाडीलाई धेरै सेटिस्फाइ हुने अवस्था चाहिँ छैन्। पीच राम्रो नै बनाए पनि आउटफिल्डमा राम्रो गर्नसक्ने धेरै ठाउँहरु छन्। ‘हामीले सातौं राष्ट्रिय खेलकुद खेल्दाखेरी मैदान ग्रिनरी थियो। पीच केहि स्लो थियो। आउटफिल्ड केहि मिहिनेत गरेको थियो। घाँस धेरै थियो,’ कविताले भनिन्।,

तर माघको सुरुमा सकिएको पिएम कप यो मैदानमा खेल्दा घाँस केहिँ धेरै, कहिँ कम थियो। आउटफिल्डमा कहिँ बल बाउन्स धेरै हुन्थ्यो। कहिले उछिट्टिएर मुखमा आउला कि भन्ने पनि डर हुने अवस्था रह्यो।

यो मैदान २५/३० दिनमा तयार पारेको मैदान रहेको सुनसरी जिल्लिा क्रिकेटले जानकारी दिएको छ। त्यसैले सुरुका एक दुई ओभर खेल्न खेलाडीलाई गाह्रो भयो। आउट फिल्डमा भएको समस्या त बाहिरबाटै अनुभग गर्न सकिन्थ्यो। बल पनि आँकलन गरिएको दिशामा नजाने अवस्था रह्यो। ‘बललाई हेरिहनु पर्ने रहेछ। एकैछिन मिस भयो भने बल नै कता जाने टुंगो नहुने रहेछ। कहिँ कहिँ चाहिँ,’ सिताले भनिन्।

तर त्यहाँ पनि समर्थकको केहि क्रेज देखियो। ‘स्थानीयहरुले पनि हामीलाई यहाँ धेरै प्रेज गर्नुभयो। क्रिकेट तराईमा राम्रो छ। सुनसरी क्रिकेटको  राम्रो माहोले भएको ठाउँ पनि हो। यहाँहरु क्रिकेटालाई माया गर्ने रहेछन्। मलाई तपाईं मेरो आइडल हुन्छ भन्छन्। सुनसरीमा दुई तीन तिर मैदान छन्। एकै जिल्लामा मैदान भएर पनि यहाँ क्रिकेटका धेरै सम्भावना देखिन्छ। तर मैदान लाई मेन्टेन चाहिँ गर्न पर्छ,’ सिताले भनिन्।


प्रकाशित: Feb 06, 2023| 09:10 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।