 
                                                                                 
                                                                
                                                                                        
                                                        काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन्।
सोमबार बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो।