शनिबार, चैत ११, २०७९

स्वतन्त्र पार्टीका तीन मन्त्रीले बुझाए राजीनामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्।

National life insurance

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन्।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट आएको फैसलाअनुसार सांसद पद गुमाएका सभापति लामिछाने गृह मन्त्रालयमा फर्कन नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहरिने निर्णय गरेको हो।


प्रकाशित: Feb 05, 2023| 08:01. 29 आइतबार, माघ २२, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...