मंगलबार, चैत १४, २०७९

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- एक सातादेखि रास्वपा अध्यक्ष रवि लामिछाने गृह मन्त्रालयका लागि दौडधूपमा थिए। माघ १३ गते सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसदसहित गृह तथा उपप्रधानमन्त्री खारेज गरिदिएको थियो। गएको आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफ्नो नागरिकता अद्यावधिक गराए। त्यसयता उनले गृहको लागि दौडधूप बढाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैगरी उनको पार्टीलाई गृह दिन नसकिने जवाफ दिए।

National life insurance

शनिबार सरकारबाट बाहिरिने विषयमा छलफल गर्न उनले पार्टीको बैठक डाके। तर बैठकमा मत बाँडियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबछि प्रधानमन्त्री प्रचण्ड रास्वपालाई अन्य एक मन्त्रालय दिन त तयार भए तर गृह नदिने अडान कायम राखे।

आइतबार बिहान रवि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे। बालुवाटार स्रोतअनुसार प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहबाहेकको मन्त्रालय दिन सकिने तर त्यसमा पनि रविलाई कुनै मन्त्रालय दिन नसक्ने जवाफ दिए। त्यसपछि आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

रविको भनाइको सम्पादित अंश-

केन्द्रीय समिति र सांसदहरूले आफ्नो धारणा राखेपछि वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमा भएका पार्टीका मन्त्रीलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने निर्णय गरिएको छ। आजै मन्त्रीहरूले राजीनामा बुझाउनुहुनेछ र सरकारबाट बाहिरिनुहुनेछ। जे भएको छ जे देखाइएको छ त्यसमा आकाश जमिनको फरक छ। 

worldlink

अमेरिका बसेर धेरै काम गरिरहेको थिएँ। नेपाल फर्किन आवश्यक डकुमेन्ट जोहो गर्न थालेँ। लाखौँ मान्छेले गलत गर्छन् भनेर मैले पनि गर्नुपर्छ भन्ने होइन। जुन सम्माननीय अदालतले फैसला गर्‍यो त्यसको खुलेर स्वागत गर्छु।

म प्राय: घेराबन्दीबाट निस्किने प्रयास गर्छु। नेपाल टेलिभिजनमा कार्यक्रम चलाएको थिएँ। जीएम भएर गएको मान्छे डीजीएमबाट घटुवा भएर समेत आएर मात्रै मेरो कार्यक्रम बन्द गरेर जानुभयो २२ वर्षअघि। त्यसपछि मलाई चित्त दुख्यो। राम्रो गर्दागर्दै घेराबन्दीमा परेको थिएँ। अमेरिका गएँ थप केही गर्छु भनेर। त्यहाँ गएर राम्रै काम गरेर आएको हुँ। आज पनि तपाईंको साथ र सहयोगले हामी स्थापित छौँ भन्दै आएका छन्। मन्त्री भएर मात्रै होइन जहाँ भए पनि सद्भाव राख्ने मान्छे हुँ।

नेपाल फर्किएपछि मान्छेले बिर्सिए होलान् भनेर विश्व रेकर्ड राख्ने तयारी गरेँ। त्यतिन्जेल म नेपाल आवतजावत गरिरहेको थिएँ मैले पासपोर्ट र नागरिकता लिएको थिइन। त्यसपछि वर्ल्ड रेकर्ड राखेपछि म देशमा स्थापित हुन्छु राम्रो हुन्छ होला भनेर वर्ल्ड रेकर्ड राखेर फर्किएँ। संसारभरका मिडियाको साथ पाएँ आफ्नो देशको मिडियाले कन्जुसाइँ गर्‍यो। हो कि होइन जसरी राख्दिए। यसअघि अदुवा खाएर लसुन खाएर वर्ल्ड रेकर्ड राखेकोलाई ठूलो साथ दिएको देखेको थिएँ। त्यै पनि ठीकै छ यहीँ केही गर्नुपर्छ भनेर सोचेँ।

७२ सालको भूकम्प लगत्तै नेपाल फर्किने निर्णय गरेँ। आमाको काखमा आएँ। मैले पासपोर्ट आफूलाई चाहिने ड्राइभिङ लाइसेन्स अन्य पान नम्बर लिएँ। मैले त्यसरी नेपाली पासपोर्ट प्राप्त गरेँ। मैले अमेरिकी पासपोर्ट बुझाउनुअघि नेपाली पासपोर्टको सदुपयोग दुरुपयोग केही गरिनँ। मेरो ऋण थियो व्यापार थियो सम्पत्ति थियो आफ्नो देशमा आउँदा आफ्नो देशमा चाहिने १२-१४ वर्ष बसेको देशको त्यसै कागत च्यातेर निस्किन मिल्थेन। सबैथोक मिलाएर आउन समय लाग्थ्यो। त्यस समय मैले आफूलाई देशमा चाहिने कागजात बनाउँदै गएँ। तर प्रयोग गरिनँ। प्रक्रियागत रुपमा त्यो ठीक थिएन।

कानुन संशोधन गरेरै सजाय दिइयोस्। मैले सार्वजनिक रुपमा बताएको छु पासपोर्ट दुरुपयोग गरेको छैन। कहिले गयो कहिले फर्कियो त्यो अध्यागमन विभागमा रेकर्डमै छ नि। त्यही जारी मिति त्यही नम्बर आधा एक घण्टामा सकिएको हो नयाँ नागरिकता लिन। तर पनि त्यो पासपोर्ट मैले बुझाइदिएको हुँ। यीबाहेक मैले गरेको अपराध के हो?  यत्ति कुरा हो जुन मैले सार्वजनिक रुपमा बुझाएको छ। तर पत्रपत्रिकाले जुन ढंगले निरन्तर ममाथि प्रहार गरे जुन प्रहार अदालतलाई प्रभावमा पार्नु थियो। त्यो पत्रिका अदालतअघि जान्छ। जुन निरन्तर ढंगले अगाडि चलिरह्यो। मैले स्पष्ट रुपमा चार वर्षअघि भनेको निरन्तर हेडलाइन बनाई १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे। 

हाम्रो पार्टीको भागमा परेको गृह हामीले ल्याउने हो कसलाई पठाउने पार्टीले निर्णय गर्छ। हामीले बोलेको त्यत्ति हो। निरन्तर हेडलाइन निरन्तर हेडलाइन। कान्तिपुरलाई चलाए त मार्छ सिध्याइदिन्छ अनलाइनखबरले सिध्याइदिन्छ। अमित ढकालले सेतोपाटीमा लेख लेखेर बर्बाद गर्दिन्छ। गलत शीर्षक राखेर त्यही समाचार छाप्दिन्छ। त्यही चिज बिद्वान साथीले ट्विटरमा बसेर हेर्ने भए। कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा गरौँ। देश चलाउने हो भने चुनाव लड्ने आऊ। कैलाश सिरोहिया, शिव गाउँले, अमित ढकाल, रामेश्वर थापा को को आउने हो चुनाव लड्न आउनुस्। देश चलाउने होइन पत्रिका चलाउने हो।

अदालतलाई प्रभाव पार्न एउटै कुरा चार पाँचपटक निरन्तर तपाईंले लेख्नुभएको छ। ०७२ साल मंसिर २६ गते माइतीघरमा कान्तिपुरको सेतो रंगको निजी कार दुर्घटना हुँदा ४ जना घाइते भएको तर कसैले समाचार लेखेन। लुकाइयो। चालक कैलाश सिरोहियाका जेठा छोरा सम्बतले चलाइरहेका थिए।

पूर्वराजाका छोरा पारसले हेलमेट नलगाउँदा लाग्ने कानून नयाँ युवराज बनाएको ? तर बोल्न हुन्न कैलाश सिरोहिया सिध्याइदिन्छ। रवि लामिछाने मिडिया वा कोहीसँग डराउन्न सिध्याउँछ भने सिध्यादियोस्। हरेक पार्टीका नेता डराउँछन् मिडियासँग। सीसीटीभी फुटेज हटाइयो। अस्पतालमा अर्कै व्यक्तिको नाम राखियो। प्रहरीले सबै हटायो। आबुई कान्तिपुरसँग पंगा लिने भनेर सबै डराए। मन्त्री फुस्केको आक्रोशले यो बोल्यो भन्नुहोला तर मैले बुझिनँ पहिला।

अनि नेपाली मिडियाले सधैँ मान्छे तर्साएर त्यसैमा चलिरहने? कोरोना कालको एउटा घटना पनि सुनाउँछु तपाईंलाई। कान्तिपुर दैनिकका सञ्चालक कैलाश सिरोहियाले २७ अगस्ट २०२० मा एउटा ट्विट गर्नुभएको थियो। सोल्टी होटलसँग जोडिएर जुन सामाजिक सञ्जालमा चर्चा चलेको थियो। गाइँगुइँ थियो। गम्भीर विषय थियो यो। एक युवतीले गम्भीर आरोप लगाएकी थिइन्, दुर्व्यवहारको गम्भीर आरोप थियो। यसबारे प्रहरीले कुनै अनुसन्धान त गरेन नै तर त्यो ट्विटमा भनिएजस्तो सिरोहियाले उजुरी कहाँ र कहिले दिएका हुन् त्यसबारे केही कारवाही भयो कि भएन अहिलेसम्म कसैलाई केही थाहा छैन।

गम्भीर किसिमको विषय थियो यो। कसैले खोज्दैन। आमै कान्तिपुर ! छाप्दिन्छ रविको पासपोर्ट ! यति जेल हुनसक्छ। अनैतिक यति चोटी आएका थिए। त्यो हाल्नेबित्तिकै त अदालतले हेर्‍यो। ‌ओहो न्यायाधीशले त त्यही पत्रिका हेरे। भित्री मधेसमा ती पत्रिका जाँदैनन्। जनताको दुख त्यहाँ जाँदैनन्। 

माफ गर्नुहोला पत्रकार मित्रहरू तपाईंको पत्रकारिताले तपाईंको साहूलाई स्थापित गर्‍यो नेपाली जनताको मुद्दा स्थापित गरेन। हामीले नेपाली जनताको मुद्दा स्थापित गर्‍यौँ। मन्त्री गएर यस्तो भन्यो पहिले किन भनिनस् भन्नुहोला। मैले खोजिनँ पहिला चासो पनि राखिनँ। तर खोजी गर्नुपर्‍यो यदि त्यो उजुरी उहाँले दिनुभएको थियो भने त्यो उजुरी कहाँ गयो? अनि नेपाली मिडियाले सधैँ मान्छे तर्साएर चलिरहने? स्वार्थ बाझिएको समाचार भन्नुभयो।

अजय सुमार्गीको समाचारमा हुँदै नभएको सीआइबीको रिपोर्टलाई आधार मानी कान्तिपुरमा समाचार लेखिएको थियो। सुमार्गी आफैले नेपालमा प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली गोल्डेन शेयर छ। यो त्यस्तो शेयर हो जुन कुनै पनि ठूलो व्यवसाय गर्नेबित्तिकै कैलाश सिरोहियालाई केही प्रतिशत नजरानाबापत दिनुपर्ने शेयर हो। मलाई शिरोहियाले केही जग्गा पुरानै मूल्यमा मागे भनेर उहाँले भन्नुभएको थियो।

चन्द्रागिरि हिल्समा लगातार समाचार प्रकाशनपछि अकस्मात समाचार आउन बन्द भयो। चन्द्रागिरिमा के भयो? हरेक मान्छेले  राजालाई दाम चढाए जस्तो चढाउनुपर्ने?

बुद्धको मन्त्रलाई ज्ञान बनाएर म अघि बढेको छु। कसलाई मन्त्री बनाउने कसलाई सचिव बनाउनेले नसुनुन् मलाई मतलव छैन। भित्री मधेसमा बस्ने पहाडमा बस्ने सामान्य मान्छेले मेरो भाषा बुझोस्। मुलुकलाई केही गर्नका लागि आएका हामी जस्ता मान्छे जो बाकसमा आउन चाहनेन्। मलाई गाली गर्ने अधिकांश मान्छेको चारपटक यूएस भिसा रिजेक्ट भएको छ। डीभी कतिपटक भर्नुभयो? म त पासपोर्ट त्यागेर आएको मान्छे।

गल्ती त्यत्ति एउटा हो नेपाल आएँ। आउनेबित्तिकै पासपोर्ट बनाइहाल्नुपर्छ भनेर बनाएँ। दुरुपयोग गरेको छैन। मर्यादा पुरुष बनेर घर छिर्नेहरू जसरी आज मलाई चरित्रहीन देखाउनेगरी लेख्नुभएको छ एक एकको लंगौटी उत्रिनेगरी देखाइदिने नाम रवि लामिछाने हो। नचलाउनु मलाई, प्लिज लिभ मी एलोन। लेट मी वर्क। सक्नुहुन्न।

प्रकाशित: Feb 05, 2023| 06:09. 17 आइतबार, माघ २२, २०७९

थप समाचार

कोसी नामकरणको विरोधमा तनावग्रस्त बन्यो विराटनगर

प्रदेशको नाम कोसी बदलेर जातीय पहिचान झल्किने नाम राख्नुपर्ने मागसहित विरोधमा उत्रिएका पहिचानवादी समर्थकले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको हो। 

एमाले पेलाइमा थकित भए भीम रावल

एमालेभित्र विधि र पद्धतिको कुरा उठाउँदा थिचोमिचो र घचेटाइमा पार्ने क्रम नरोकिएपछि नेता रावलले सुनाए नयाँ विकल्पको बाटो।

नयाँदिल्ली पुगिन् देउवा पत्नी आरजु 

कांग्रेस प्रचण्डको सरकारमा सत्तारुढ हुने अन्तिम तयारी भइरहेका बेला देउवा पत्नी आरजुले नयाँदिल्ली यात्रा गरेकी हुन्।