शनिबार, चैत ११, २०७९

'गल्ती एउटै हो नेपाल आएँ, यो देशमा थुन्नुपर्ने पहिलो मान्छे मै हुँ'

सरकारबाट बाहिरिने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

रास्वपा अध्यक्ष रवि लामिछानेले नेपाली मिडिया र पत्रकारहरूमाथि विभिन्न लान्छना लगाउँदै आफू नेपाल आउनु नै गल्ती भएको बताएका छन्। सरकारबाट बाहिरिने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

National life insurance

आफूसँग इमान भएको बताउँदै उनले नेपाल आउनु नै गल्ती भएको बताए। उनले भने, 'गल्ती त्यत्ति एउटा हो नेपाल आएँ। आउनेबित्तिकै पासपोर्ट बनाइहाल्नुपर्छ भनेर बनाएँ। दुरुपयोग गरेको छैन।' जसकारण यो देशमा थुन्नुपर्ने पहिलो मान्छे आफू नै भएको बताए। 

सम्पादक अरुण बरालले आफ्ना सम्बन्धहरूबारे लेखेकोमा पनि उनले आपत्ति जनाए। उनले आफूलाई चरित्रहीन देखाउनेले घरमा श्रीमतीले देख्ला भनेर बाटोमा ह्वाट्सएप मेसेज डिलिट गरेर जाने गरेको समेत गम्भीर आरोप लगाए।

उनले पत्रकारहरूको इतिहास बताइदिने बताए। उनले भने, 'मर्यादा पुरुष बनेर घर छिर्नेहरू जसरी आज मलाई चरित्रहीन देखाउनेगरी लेख्नुभएको छ। एक एकको लंगौटी उत्रिनेगरी देखाइदिने नाम रवि लामिछाने हो।' उनले आफूलाई नचलाउन समेत चुनौती दिए। उनले भने, "नचलाउनु मलाई, प्लिज लिभ मी एलोन। लेट मी वर्क। सक्नुहुन्न।"

प्रकाशित: Feb 05, 2023| 05:38. 47 आइतबार, माघ २२, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले...