बिहीबार, माघ १, २०८२

उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध

नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उम्मेदवारी नदिएपछि अर्याल सर्वसम्मत भएकी हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल सर्वसम्मत निर्वाचित भएकी छन्। नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उम्मेदवारी नदिएपछि अर्याल सर्वसम्मत भएकी हुन्।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रियसभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन्।

उनी २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन्। उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन्।

प्रकाशित: Feb 05, 2023| 17:32 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...