बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मिडियामाथि खनिँदै रविले भने– सम्पादकहरू चितवन–२ मा मसँग चुनाव लड्न आउनुस्

मिडियामाथि खनिँदै रविले भने– सम्पादकहरू चितवन–२ मा मसँग चुनाव लड्न आउनुस्

सरकारबाट बाहिरिएको पार्टी निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रपत्रिकाले निरन्तर आफूमाथि प्रहार गरेको आरोप लगाए। झुटा शीर्षक राखेर आफूमाथि नियोजित प्रहार भएको उनले बताए।
 |  आइतबार, माघ २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं– रास्वपा अध्यक्ष रवि लामिछाने मिडियामाथि खनिएका छन्। सरकारबाट बाहिरिएको पार्टी निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रपत्रिकाले निरन्तर आफूमाथि प्रहार गरेको आरोप लगाए। झुटा शीर्षक राखेर आफूमाथि नियोजित प्रहार भएको उनले बताए।

उनले सम्पादकको काम पत्रिका चलाउने भएको बताउँदै देश चलाउने नभएको बताए। सम्पादकलाई आफूसँग चुनाव लड्न आउन चुनौती दिए उनले। उनले कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया, अनलाइनखबरका सम्पादक शिव गाउँले,  सेतोपाटीका सम्पादक अमित ढकाल, अन्नपूर्णका सञ्चालक रामेश्वर थापाको नामै किटेर आफूसँग चितवन २ मा चुनाव लड्न आउन चुनौती दिए। उनले भने, ‘को को आउने हो चुनाव लड्न आउनुस्। सम्पादकहरू देश चलाउने होइन। पत्रिका चलाउने हो। चितवन २ मा आउनुस् मसँग चुनाव लड्न।

प्रकाशित: Feb 05, 2023| 16:40 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...