शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेले दिए राजीनामा

लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेले पदबाट राजीनामा दिएका छन्।
 |  मंगलबार, साउन २६, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, साउन २६, २०७८

बुटवल– लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेले  पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी मन्त्री पाण्डेले मंगलबार राति राजीनामा दिएका हुन्। 

National life

‘लुम्बिनी प्रदेश सरकारले संविधान र कानुनलाई सर्वोपरी ठानी कुशलतापूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिलेको परिस्थिति भिन्न भएको र संसदमा अनुकूल परिस्थिति नरहेकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ', ’उनले भनेका छन्। 

पाण्डे रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर, पार्टी निर्णयविपरीत पोखरेल नेतृत्वको सरकारमा गएको भन्दै पाण्डेसहित ३ मन्त्रीको सांसद पद जसपाले साउन १५ गते निलम्बन गरिदिएको थियो। पाण्डेसहित तीन जना प्रदेशसभा सदस्यले पद पुनर्बहाली माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। तर पनि पद जोगिएन। पोखरेल सरकार संकटमा परेपछि पाण्डेले मन्त्री पदबाट राजीनामा दिएको जसपाका नेताहरूले बताएका छन्। 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 10, 2021| 22:24 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।