आइतबार, जेठ २१, २०८०

युनाइटेडको जित, बराबरीमा रोकियो चेल्सी

खेलमा निधै राम्रो प्रदर्शन गरे पनि चेल्सीले फुलह्यामविरुद्ध गोल गर्न भने सकेन्। खेलाडी ट्रान्सफरमा धेरै खर्च गरेको चेल्सीको प्रदर्शनमा सुधारको अपेक्षा गरिएको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गतग शनिबार रातिको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको छ। चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सी पाहुना टिम फुलहामसँग गोलरहित बराबरीमा रोकिएको हो।

Everest Bank

खेलमा निधै राम्रो प्रदर्शन गरे पनि चेल्सीले फुलह्यामविरुद्ध गोल गर्न भने सकेन्। खेलाडी ट्रान्सफरमा धेरै खर्च गरेको चेल्सीको प्रदर्शनमा सुधारको अपेक्षा गरिएको छ।

गएरातिकै अर्को खेलमा भने म्यानचेस्टर युनाइटेडले  क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न भएको खेलमा १० खेलाडीमा समेटिएको युनाइटेडले जित निकालेको हो।

युनाइटेडका लागि सातौं मिनेटमा ब्रुनो फर्नान्डेस र ६२ औं मिनेटमा मार्कस राशफर्डले गोल गरेका थिए। क्रिस्टलका जेफ्री स्कलअपले ७६ औं मिनेटमा गोल फर्काए पनि क्लबले कमब्याक गर्न सकेन्।

यता खेलको ७० औं मिनेटमा युनाइटेडका कासिमेरोले रातो कार्ड बेहोर्दै बारिएपछि क्रिस्टलले गोल फर्काएको थियो। मिडफिल्डरले खेलमा ट्याकलबीच क्रिस्टलका खेलाडी ह्युगोको घाँटिमा हात पुर्याएका कारण उनले रातो कार्ड बोहेरेका हुन्।

Metro Mart
worldlink

प्रकाशित: Feb 05, 2023| 07:30. 00 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।