शनिबार, चैत ११, २०७९

माओवादी स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life insurance
worldlink

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। 

यसअघि तय भएको बैठक स्थगित हुँदै आएको थियो। बिहीबार बस्न नपाउँदै बैठक सकिएको थियो भने शुक्रबार अन्तिम समयमा बैठक स्थगित भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएसँगै माओवादी केन्द्रमा पनि त्यसबारे बहस भइरहेको छ। पार्टी बैठकमा पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो बारे ब्रिफिङ गरिसकेका छन्।

प्रकाशित: Feb 04, 2023| 01:57. 49 शनिबार, माघ २१, २०७९