शनिबार, वैशाख ८, २०८१

सत्तारुढ दलबीच सैद्धान्तिक, वैचारिक मतभेद : विपक्षी गठबन्धन

सात दलीय गठबन्धनभित्र गृहमन्त्रीको लफडा भइरहे पनि मुख्यतः सैद्धान्तिक, वैचारिक विषयमा मतभेद बढेकाले सरकार धर्मराएको विपक्षी गठबन्धनको धारणा।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– सात दलीय गठबन्धनलाई काउन्टर दिन सदनमा उपस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले सत्तारुढ दलभित्रको विवादलाई नजिकबाट नियालिरहेको बताएको छ। 

triton college

शनिबार विपक्षी समूहमा आबद्ध कांग्रेस, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाका नेता सम्मिलित सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकले सत्ता साझेदारभित्र गृह मन्त्रालयका विषयमा भएको विवादकै कारण गठबन्धन सरकार भत्किन सक्ने आशंका व्यक्त गरेको हो।

बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक, वैचारिक विषयमा व्यापक विवाद उत्पन्न भएको देखिएको बताए। उनले भने, ‘गृह मन्त्रालयको मात्र होइन, सत्तारुढ दलबीचको विवादले संघीय संसद्मै प्रवेश पाएको छ। सत्तारुढ दलका सांसद एकआपसमा झगडिएका छन्। यी विषयलाई अत्यन्त सूक्ष्म ढंगले हेरिरहेका छौं।’

सर्वोच्च अदालतले रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी करार गरेसँगै उनको गृहमन्त्री पद र सांसद पद खारेज भएको थियो। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएको गृह मन्त्रालय रविलाई दिनुपर्ने माग रास्वपाले राख्दै आए पनि नेकपा माओवादी केन्द्रले अस्वीकार्दै आएको छ। सोही कारण गठबन्धनभित्र चिरा पर्ने स्थिति देखिएको छ। 

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीको दाबी नरहेको बताए। 

corrent noodles
Metro Mart

विपक्षी दलबाट राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउन प्रतिपक्षी दलको गठबन्धनको बैठक बसेको उनको भनाइ छ। बैठकले सहमतिमा राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउने उनले दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘हामीहरू सबै पक्षको कुरा बुझ्ने, बुझिसकेपछि एउटा टुंगोमा पुग्ने कुरा छ। अहिलेसम्म नेकपा एससँग कुनै राजनीतिक दलले मत मागेको छैन। राष्ट्रिय सभा उपाध्यक्षमा हाम्रो दाबी छैन।’


प्रकाशित: Feb 04, 2023| 12:58 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...