शनिबार, वैशाख ८, २०८१

खेलाडी पलायनमा दोषी को?

नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य हुन् विशाल। अन्तर्राष्ट्रिय खेलमा पूरा समय उत्तिकै जोशमा खेल्न सक्ने कमै खेलाडीमा पर्छन् विशाल। उनी ९० मिनेटकै जुझारु खेलाडी हुन्। तर उनले नेपालमा भविष्य देखेनन्।
 |  शुक्रबार, माघ २०, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, माघ २०, २०७९

काठमाडौं– शुक्रबार बिहान राष्ट्रिय फुटबल टिमका व्यवस्थापक अनिल श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर पोस्ट गरे। बंगलादेशमा सुरु हुन लागेको यू–२० फुटबल खेलको पखाईमा रहेका नेपाली फुटबलप्रेमीका लागि त्यो पोस्टले सुखद् समाचार दिएको छैन।

triton college

अनिलले पोस्ट गरेको तस्बिरमा राष्ट्रिय टिमका फुटबलरहरु पुजन उपरकोटी, सुजल श्रेष्ठ, अनिल, विशाल श्रेष्ठ, रेजिन धिमाल, सुनिल बल र छिरिङ गुरुङ दखिन्छन्। उनीहरुले बीचमा खादा लगाइरहेका विशाल राईलाई राखेर तस्बिर लिएका थिए। तस्बिरको क्याप्सनमा अनिलले लेखेका छन्, ‘विशाललाई उज्वल भविष्यको कामना।’ उनको यति भनाइ नै सबै कुरा बुझ्नका लागि काफी छ– विशाल नेपालमा आफ्नो भविष्य नदेखेर केहि राम्रो दिनहरु खोज्नका लागि बिदेसिँदै छन्।

नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य हुन् विशाल। अन्तर्राष्ट्रिय खेलमा पूरा समय उत्तिकै जोशमा खेल्न सक्ने कमै खेलाडीमा पर्छन् विशाल। उनी ९० मिनेटकै जुझारु खेलाडी हुन्। तर उनले नेपालमा भविष्य देखेनन्। राष्ट्रिय टिममा परेर आफ्नो उच्च पहिचान बनाइसकेका खेलाडी पनि विदेशिनुपर्ने कर्म सम्झेर हुनुपर्छ, तस्बिरको सोहि लाइनमा बसेर फोटो खिचाएका सुजल श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘कठै मेरो देश।’

मिडफिल्डमा सुरुआति ११ का खेलाडी विशालले मनाङ मर्स्याङ्दी क्लबबाट समेत लिगको उपाधि जितेका थिए। उमेर समूह, राष्ट्रिय टोली हुँदै सिनियर टिममा पुगेका उनले नेपालका लागि २८ खेलबाट ३ गोल गरेका छन्। २०७७ मा नेपालमै भएको थ्रि नेसन्स कपको फाइनल खेलमा विशालले गोल गर्दै नेपाललाई उपाधि दिलाउन सहयोग गरेका थिए। तर, पछिल्लो समय अब्दुल्लाह अलमुताइरीले खेलाडीको सामान्य कुरालाई बेवास्ता गर्दै बन्द प्रशिक्षणबाटै निकालेपछि एन्फासँग पनि खेलाडीको विवाद बढ्दै गएको थियो। अहिले अलमुताइरी बाहिरिसकेका छन्।

त्यसपछि पनि एन्फाले तोकेको समयमा घरेलु लिग आयोजना गर्न सकिरहेको छैन। खेलाडीले पटक पटक एन्फाको ध्यानाकर्षण गराउँदा पनि एन्फाले लिग आयोजनामा ढिलासुस्ती गरिरहेको छ। लिग ढिलो भएका कारण पनि धेरै खेलाडी विदेशिएका छन्। उनीहरु रोजगारीका लागि अष्ट्रेलियाका सामान्य क्लबमा फुटबल खेल्न गइरहेका छन्। यसअघि राष्ट्रिय टिमका अर्को भरपर्दा मिडफिल्डर सन्तोष तामाङ पनि विदेशिएका थिए।

corrent noodles
Metro Mart

उनी मात्र होइन, दक्षिण एसियामा बंगलादेश, भारत र श्रीलंकाको समेत लिग खेलिसकेका अभिषेक रिजाल पनि अहिले अष्ट्रेलियामा छन्। यसरी बाहिरिनेमा नितिन थापा, दिलेन लोक्तान, संजोक राई, निरज बस्नेत, त्रिदेव गुरुङ, मिक्छेन तामाङ, रवि थिङ लगायत ३५ भन्दा धेरै खेलाडीहरु रहेका छन्।

लिग समयमै सुरु भए धेरै खेलाडी विदेशिने थिएनन्। तर मंसिरयताकै कुरा गर्ने भने हो पनि २० भन्दा धेरै खेलाडीहरु विदेशिएका छन्। यसरी खेलाडी विदेशिनुमा क्लबको मुख्य हात रहेको सहिद स्मारक ए डिभिजन लिगका निर्देशन सञ्जिव मिश्र बताउँछन्।

‘खेलाडी विदेशिने कुराले एन्फालाई चोट पुगेको छ। अब हामीले ढाँटेर भागेर बच्न सकिँदैन। तर हामीले खेलाडीलाई यहिँ राख्ने भनेर सहिद स्मारक लिगलाई व्यवस्थित गर्न खोजेको हो। डबल राउन्ड बनाएको हो,’ एन्फाका महासचिव किरण राईले भनेका छन्। तर एन्फाले मंसिरबाट सुरु हुनुपर्ने लिगलाई तीन पटक सारेर फागुन १९ मा पुर्याइसकेको छ। उनले विभिन्न समस्याका बाबजुद क्लबसँग बसेर मिति तय गरेको बताए। ‘हामीले एनएसएलको विषय पनि टुंग्याइसकेका छौं। त्यसैले नेपालमा पाँचदेखि छ महिना सहिद स्मारक ए डिभिजन लिग र तीन महिना एनएसएल गरेर नौ महिना फुटबललाई चलायमान बनाउने भनेर हामीले योजना बनाएको हो,’ राईले भने।

लिग समयमै सुरु भए धेरै खेलाडी विदेशिने थिएनन्। तर मंसिरयताकै कुरा गर्ने भने हो पनि २० भन्दा धेरै खेलाडीहरु विदेशिएका छन्। यसरी खेलाडी विदेशिनुमा क्लबको मुख्य हात रहेको सहिद स्मारक ए डिभिजन लिगका निर्देशन सञ्जिव मिश्र बताउँछन्। उनले भने, ‘हामीले मंसिरबाट लिग गर्ने भनेकोमा ढिलोमा पुुस ८ गतेबाट गर्ने प्रस्ताव लगेको हो। तर ए डिभिजन क्लबले हामीलाई चाँडोभन्दा चाँडो लिग सकिदिनु भन्छन्। तीन वा साढे दुई महिनामा लिग सकौं भन्ने मानसिकताबाट आएका हुन्छन्।’

मिश्रका अनुसार विकिन्ड (सप्ताहान्त) मा खेल्ने एन्फाको प्रस्ताव थियो। एन्फाले बी डिभिजनलाई पनि सँगै लैजाने सोचेको थियो। डबल राउन्ड हुँदा ए र बी एकपटक अनि सी र सी छनोट एकपटक गर्ने भनेर सोचेको मिश्र बताउँछन्। तर त्यो हुन सकेन। एन्फाको लिग जुनमा सक्ने योजना थियो। ‘क्लबचाहिँ चाँडै लिग सकेर खेलाडीलाई रिलिज गर्न हतार मात्र देखिन्छन्,’ मिश्र क्लबप्रति केहि क्रोधित देखिए, ‘महिनाको तीन–चार गते लिग सकिने भयो भने केहि दिन अघि सारेर मसान्तमा लिग सक्नको लागि क्लबले एन्फालाई दबाब दिइरहेका छन्। तीन–चार गते लिग सकियो भने त्यो महिनाको तलब दिनुपर्ने भएका कारण एक महिनाको तलब बचाउनका लागि क्लबहरुले जोडबल गरेर लागि पर्ने गरेका छन्।’ लिगको यस्तै अनियमितता र तलबको इस्युका कारणले त खेलाडी विदेशिन बाध्य भइरहेका छन्। यो कुरालाई एन्फाले प्राविधिक समस्या भएको बताएको छ र लिग छोटो बनाउनमा दोष क्बललाई दिएको छ।

एन्फा र क्लबको बैठकमा लिग गर्नै समस्या देखेपछि क्लबहरुले यो वर्ष लिग रोकेर अर्को वर्ष गराउने भन्ने एन्फालाई दबाब दिन पुगेका थिए। ‘अर्को वर्ष पनि त फिफा विन्डो त आइहाल्छ नि। अर्को वर्ष पनि लिग यसरी नै गराउने हो। यस्ता साना कुरा क्लबलाई बुझाउनु परेको हो,’ सञ्जिवले भनेका छन्। उनका अनुसार जनवरीबाट जुनसम्म लिग हुँदा फिफा विन्डोमा ठिक्क लिग सकिने र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फाइदा हुने साथै खेलाडीलाई चोट पनि कम लाग्ने हुन्छ। खेलाडीले धेरै खेल्न पाउने कुरा सम्झाएका थिए। तर क्लबले लामो समय लिग गर्न नै मान्दैनन्।

एन्फाले यो पटक-पटक लिग सारेको पनि क्लबको आग्रहमा हो। आग्रहभन्दा पनि एक प्रकारको दबाबमा नै। एन्फाले त क्लबले जे भन्यो त्यहि गर्ने अवस्था भइसकेको छ। यसरी हेर्दा त क्लबले पो एन्फा चलाएजस्तो देखिएन र? महासचिव राईको जवाफ छ, ‘फुटबलका लागि एन्फा र क्लब दुबै चाहिन्छ। एन्फा आफैं चल्छ र एन्फाले क्लब चलाउने हो। फेरि के हुन्छ भने एन्फालाई एन्फा बनाउने पनि क्लब नै हो।’

केहि समयअघि त नेपालका दोस्रो पुस्ताका खेलाडी मात्र विदेशिएका थिए। खेलाडी यसरी विदेशिए भने आउने दिनमा राष्ट्रिय टिम निर्माणमा सकस हुने आँकलन गरिएको थियो। तर अहिले राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी नै बाहिरिरहेका छन्। आउँदो पुस्ता पनि बाहिरिसकेको अवस्थामा राष्ट्रिय टिमकै खेलाडी बाहिरिँदा देशको टिम निर्माणमा अब धक्का पुग्ने भएको छ।

उनले अगाडि भने, ‘बजार देख्नु भएको छ, अहिले देशमा आर्थिक अवस्था कमजोर रहेको छ। क्लबले एन्फा चलाएको भन्ने होइन। तर क्लबको कुरा एन्फाले नसुन्ने भन्ने पनि हुँदैन। त्यसैगरि खेलाडीको समस्या एन्फा र क्लबले नसुन्न भन्ने पनि हुँदैन। क्लबलाई पनि खेल्ने वातावरण तयार गरिदिने दायित्व एन्फाको हो। सकुन्जेल हामीले यी कुरालाई प्रोमोसन गर्ने हो।’

जे होस्, एन्फा चुनावमा ए डिभिजनबाट ९ भोट हुन्छ। एन्फा पदाधिकारीले लिगको सो भोट निश्चित गर्नका लागि पनि क्लबले जे भन्यो सो कुरा मान्ने गरेका छन्। यसले नेपाली फुटबल र खेलाडीलाई ठूलो क्षति गराइरहेको छ। यता महासचिव राई भने क्लबले दिएको पैसाले खेलाडी सन्तुष्ट नभएको समेत दाबी गर्छन्।  भन्छन्, ‘खेलाडी बेरोजगार हुन नपरोस्, रहरको लागि मात्र होइन खेलेर नै जीवन बनाउन सकियोस् भन्ने हेतुले आधार तयार गर्न चाहेका छौं। हाम्रो मेहेनेत र क्लबको बजेटले कति खेलाडी सन्तुष्ट हुन सक्नु भएन।’ उनले आफ्नो र एन्फाको कमजोरीलाई लामो समयको कोभिड, एन्फा निर्वाचन र भूकम्पको कारणलाई दोषी देखाएका छन्। उनले भने, ‘यस्तै कारणले खेलाडीले अर्को करिअर सोचेको हुनसक्छ।’

उनले अगाडि भने, ‘अब नेपालमा फुटबलको राजनीति एकातिर चलिरहन्छ। अर्कोतिर खेल पनि चलिरहन्छ। राजनीतिले खेल विकास र क्रियाकलामा कुनै बाधा हुँदैन। र, विदेश नजानको लागि अनुरोध गर्दछु।’ उनले मोफसलको प्रतियोगिता लगातार भइरहेका कारण खेलाडी केहि व्यस्त भएको पनि दाबी गरे। साथै अहिलेका खेलाडीको उमेर ढल्किँदै गइरहेका कारण नयाँ खेलाडी उत्पादनमा जोड दिने पनि राईले बताएका छन्।

उनले अर्को वर्षदेखि जनवरीबाटै लिग हुने दाबी गरेका छन् भने त्यो वर्षबाट नेपालमा नौ महिना फुटबल हुने आश्वासन दिएका छन्। क्लबका केहि पदाधिकारीका अनुसार भने लिगका लागि खेलाडीको तलब कसैको दोब्बर त कसैको तेब्बर बनाउँदा पनि खेलाडी विदेशिने क्रम रोकिएको छैन।

केहि समयअघि त नेपालका दोस्रो पुस्ताका खेलाडी मात्र विदेशिएका थिए। खेलाडी यसरी विदेशिए भने आउने दिनमा राष्ट्रिय टिम निर्माणमा सकस हुने आँकलन गरिएको थियो। तर अहिले राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी नै बाहिरिरहेका छन्। आउँदो पुस्ता पनि बाहिरिसकेको अवस्थामा राष्ट्रिय टिमकै खेलाडी बाहिरिँदा देशको टिम निर्माणमा अब धक्का पुग्ने भएको छ।

प्रकाशित: Feb 03, 2023| 19:01 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।