जोखिम मोलेर कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट मोटरसाइकल गन्तव्यतर्फ जाँदै नागरिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आवतजावत गरेवापत शुल्क तिर्दै आएका छन् । सो पुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भएपनि पुल निर्माण कार्य अलपत्र परेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस