 
                                                                                 
                                                                
                                                                                        
                                                        काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई २४ घण्टाभित्र नछोडे आन्दोलन गर्ने चेतावनी दिएको छ। १० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए।
१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बिहीबार विज्ञप्ति जारी गर्दै २०६६ साल यता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरुले के हेरेका थिए भन्ने प्रश्न गरेका छन्।