बिहीबार, वैशाख १३, २०८१

'आवश्यक परे सबै फरवार्ड, सबै डिफेन्स'

मिडफिल्ड बलियो भनिएको नेपालको टिमको डिफेन्स भने ठिकैमात्र छ। यसले मिडफिल्डलाई दबाब हुन्छ त? वा मिडफिल्डले डिफेन्स गर्नुपर्ने आवश्यकता होला? कप्तान प्रितिको जवाफ छ, ‘जब हामीसँग बल हुँदैन, त्यतिबेला हामी ११ जना नै डिफेन्डर हो। जब बल हुँदैन हाम्रा फरवार्डले पनि डिफेन्स गर्नेछन्। जब बल हुन्छ हामी दबाब दिएर खेल्छौं।’
 |  बिहीबार, माघ १९, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, माघ १९, २०७९

काठमाडौं– २० वर्षसम्मका नेपाली महिला फुटबल टिमको बंगलादेश भ्रमण बुधबारबाट सुरु भएको छ। चौथो संस्करणको यू–२० महिला साफ खेल्न नेपाली फुटबल टिम बुधबार बंगलादेशको ढाका गएको हो। फेब्रुअरी ३ बाट सुरु हुने प्रतियोगितामा नेपाली सिनियर टिममा समेत प्रतिनिधित्व गरिसकेकी प्रिति राईलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कप्तानको जिम्मेवारी सुम्पिएको छ।

triton college

यसअघि पनि विभिन्न उमेर समूहको कप्तान गरेकी प्रिति राई युवा टोलीकी अनुभवी मिडफिल्डर हुन्। उनलाई लाग्छ– प्रशिक्षक याम बहादुर गुरुङले भने बमोजिमको प्रदर्शन गर्न सकियो भने उपाधि टाढा छैन। ‘गुरुले भनेअनुसार खेल्न सकियो भने राम्रो हुन्छ र उपाधि जित्न सक्छौं भन्ने लाग्छ। तर, हामीले खेल्न सक्नुपर्छ,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भनेकी छन्।

यता प्रशिक्षक गुरुङले चाहिँ यसअघि यू १५ टिमले साफका उपाधि जितिसकेको कारण त्यसलाई प्रेरणाको स्रोत मानेर यो टिमले पनि उपाधिका लागि हरसम्भव प्रयास गर्ने बताए। उनले भने, ‘अहिले माहोल पनि छ। नेपाली टिम कहिले विजेता कहिले रनरअप भएको छ। टिममा राम्रा खेलाडी छन्। उपाधिका लागि नै फाइट गर्ने हो।’

खुला छनोटबाट तयार पारिएको नेपाली टिम चार हप्ता बन्द प्रशिक्षणमा बसेको छ। त्यस दौरान प्रशिक्षकले टिममा धेरै परिवर्तन गरेको र त्यसको नतिजा खेलमा देखिने दाबी गरेका छन। भन्छन्, ‘छोटो समय भएको कारण धेरै गर्न सकेको छैन। यद्यपी टिम लिएपछि खेलाडीमा धेरै परिवर्तन भएको छ। त्यो परिवर्तन नतिजाले बताउला।’

छनोट र बन्द शिविरमा याम बहादुरले खेलाडीको व्यक्तिगत ‘टेक्निक’ हेरेको बताउँछन्। पाएको चार हप्तामा खेलाडीहरुको प्रदर्शनमा उनले सुधारको लक्ष्य राखेका थिए। उनको योजनाअन्तर्गत पहिलो हप्ता ‘टेक्निक,’ दोस्रो हप्ता ‘इन्ड्युरेन्स,’ तेस्रो हप्ता फर्मेसन बनाउने रह्यो। त्यस्तै, उनले चौथो हप्तामा खेलाडीलाई ‘ट्याक्टिस’ सिकाएका छन्।

corrent noodles
Metro Mart

‘यसरी एक महिनाको क्याम्पमा खेलाडीले स्टेपवाइज केहि सिकेको जस्तो लागेको छ। तर खेल नखेलेका कारण उनीहरुको प्रदर्शन कस्तो हुन्छ भन्ने चाहिँ थाहा छैन,’ उनले भने। यसबारे प्रितिले एक वाक्य भनिन्, ‘तयारी राम्रो भएको छ।’

प्रतियोगितामा नेपालले पहिलो खेलमै आयोजक बंगलादेशको सामना गर्नेछ। ढाकाको घरेलु समर्थकमाझ त्यहाँको टिम नै नेपालको लागि मुख्य प्रतिद्वन्दी हो। नेपालले सिनियर टिम र यू–१९ को फाइनलमा पनि बंगलादेशसँग हारिसकेको छ।

‘कसैलाई कमजोर सम्झिएको छैन। भारत पहिलेबाटै राम्रो हो। भुटान पनि ट्याक्टिकल्ली राम्रो भइरहेको छ। आयोजक बंगलादेश बलियो नै छ। मैले युट्युबमा रहेको क्लिपमा उनीहरुको कमजोरी हेरेको छु। मेरा खेलाडीलाई देखाएको छु। हामी त्यसबाट फाइदा लिने सोचमा छौं। जितको नतिजा दिने लक्ष्य छ,’ प्रशिक्षकले भने।

मिडफिल्ड बलियो भनिएको नेपालको टिमको डिफेन्स भने ठिकैमात्र छ। यसले मिडफिल्डलाई दबाब हुन्छ त? वा मिडफिल्डले डिफेन्स गर्नुपर्ने आवश्यकता होला? कप्तान प्रितिको जवाफ छ, ‘जब हामीसँग बल हुँदैन, त्यतिबेला हामी ११ जना नै डिफेन्डर हो। जब बल हुँदैन हाम्रा फरवार्डले पनि डिफेन्स गर्नेछन्। जब बल हुन्छ हामी दबाब दिएर खेल्छौं।’

याम बहादुरले चाहेको फर्मेसन भनेको ४–४–२ को नै हो। ‘यो फर्मेसनमा रणनीति चाहिँ बुस्टअप हुन्छ। हाम्रो टफ प्रतिद्वन्दी बीच मेरो लक्ष्य उपाधि जित्ने नै हो। पहिलो खेल नै बंगलादेशसँग छ, त्यो खेलले नै हामीलाई उपाधि दिलाउने वा नदिलाउने भन्ने देखाउला,’ उनले भने।

प्रतियोगितामा नेपाललाई जितको दबाब पनि छ। किनभने नेपाल सधैजसो उपाधि दावेदार हो। त्यसमाथि यो टिममा प्रिति, दिपा शाही, सजनी थोकर र अमिषा कार्कीजस्ता अनुभवी खेलाडी टिममा छन्। ‘सिनियर टिममा राम्रो प्रदर्शन गरिसकेका खेलाडीलाई लिड बनाएर हेर्दा मेरो मिडफिल्ड राम्रो रहेको छ। मैले अहिले स्ट्राटेजी पनि परिवर्तन गरिरहेको छु। त्यो तपाईंले पछि थाहा पाउनु हुनेछ,’ प्रशिक्षकले गुरुङले कुरा टुंग्याए।

सिनियर टिममा खेलिरहेका खेलाडीको साथ पाएपछि प्रितिलाई मिडफिल्डमा सहकार्य गर्न केहि सजिलो छ। ‘सिनियरले फरवार्ड, मिडफिल्ड र डिफेन्समा लिड गरेर उदाहरण बन्दै साथीहरुलाई मोटिभेट गर्दै खेल्नुपर्छ भन्ने लागेको छ। एक भएर खेल्ने हो भने उपाधि अवश्य आउँछ,’ प्रिति आशावादी बन्छिन्, ‘हामीले केहि गरेर देखाउन सक्छौं भन्ने लाग्छ।’

नेपालले गएको भदौमा घरेलु मैदानमा भारतलाई हराएर फाइनल पुगेको थियो। उमेर समूहमा त बंगलादेश पुगेर नै उपाधि जितिसकेको छ। ‘यसले प्रेरणा दिएको छ। यू–१५ ले जुन नतिजा ल्याएको छ उसले हामीलाई जित्न प्रेरित गरेको छ,’ उनले भनिन्।

यु-२० टिमकी कप्तान प्रिति राई
नेपालले खेलिरहेकै टिम हुन् भारत र बंगलादेश। त्यसैले प्रितिलाई थाहा छ, आफ्नो टिममा अनुभवी खेलाडी भए पनि धेरै अनुभवी खेलाडी ती देशको टिममा छन्। भारतले यू–१७ को विश्वकप खेलिसकेको छ। बंगलादेशले सिनियर टिमको साफ खेल्दा टिममा भएका केही खेलाडी यू–२० मा पनि छन्। ‘हामी पनि त्यहि अनुसार अघि बढ्नु पर्ने जस्तो लाग्छ। हामीलाई भन्दा धेरै उनीहरुलाई एड्भान्टेज छ। यस्तो कुरालाई साइडमा राखेर अघि बढ्नुपर्छ,’ प्रितिले सजग र चनाखो बन्नुपर्ने संकेत गरिन्, ‘बंगलादेशको प्रसिङ खेल्ने, अपोनेन्टलाई खेल्न नदिने भन्ने छ। त्यसमा हामी हाबी हुने लक्ष्य राखेका छौं।’

मिडफिल्ड बलियो भनिएको नेपालको टिमको डिफेन्स भने ठिकै मात्र छ। यसले मिडफिल्डलाई दबाब हुन्छ त? वा मिडफिल्डले डिफेन्स गर्नुपर्ने आवश्यक्ता होला? प्रितिको जवाफ छ, ‘जब हामीसँग बल हुँदैन त्यतिबेला हामी ११ जना नै डिफेन्डर हो। जब बल हुँदैन हाम्रा फरवार्डले पनि डिफेन्स गर्नेछन्। जब बल हुन्छ हामी दबाब दिएर खेल्छौं।’

एन्फाका महासचिव किरण राईले मंगलबार एन्फा मुख्यालयमा खेलाडी तथा प्रशिक्षकलाई विदाइ गर्दै उपाधि जित्ने आशा गरेको बताएका छन्। उनले खेलाडीलाई मनोबल उच्च पार्दै भनेका छन्, ‘देशको झण्डा छातिमा राखेर शिर ठाडो पार्नेगरी प्रदर्शन गर्नुहुनेछ र प्रशिक्षकले पनि राम्रो भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं। साफमा सफलता हासिल गरेर फर्किनु होला, शुभकामना !’

छनोट र बन्द शिविरमा यामबहादुरले खेलाडीको व्यक्तिगत ‘टेक्निक’ हेरेको बताउँछन्। पाएको चार हप्तामा खेलाडीहरुको प्रदर्शनमा उनले सुधारको लक्ष्य राखेका थिए। 

अहिले एन्फाको कार्यवाहक अध्यक्षको भूमिकामा रहेका वीर बहादुर खड्कालाई पनि यो टिमले यू १६ ले जस्तै उपाधि जितेर नेपाल फर्किने आशा लागेको छ। उनलाई लाग्छ– साफको महिला फुटबलमा नेपाल अब्बल छ। ‘यू–१६ को उपाधिले हासिल गरेको मनोबललाई उच्च पार्दै खेल्दै हुनुहुन्छ। राम्रो प्रशिक्षकसँगै सिनियर टिमको अनुभव बटुलिसकेका खेलाडी र जसले नेपाली सबैको वाह लुटिसकेको खेलाडी यो टिमको कप्तान हुनुहुन्छ। उहाँले गरेको कप्तानीबाट नेपाल विजयी बन्न भन्ने विश्वास लिएका छौं,’ खड्काले भने।

अहिले नेपाली समाजको माहोल राजनीतिक तरंगले तरंगित भएको छ। यस्तोमा जित निकालेर राम्रो सन्देश दिन पनि खड्काले खेलाडीलाई अनुरोध गरे। ‘कुनै कुराको चिन्ता नलिएर, निर्धक्कसाथ देशको नेतृत्व गर्नुहोला। तपाईंहरु भविष्यको राष्ट्रिय खेलाडी बन्दै हुनुहुन्छ,’ खड्काले खेलाडीलाई सम्बोधन गर्दैै भने, ‘जो मैदान बाहिर र भित्र बस्छन् सबैले एकजुट भएर खेल्नुहोला्। जितको सबैभन्दा ठूलो आधार नै त्यहि हो।’

नेपालले फेब्रुअरी ३ मा बंगलादेश, फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतको सामना गर्नेछ। चार टिम सम्मिलित प्रतियोगिताको सिंगल राउन्ड रोबिन पछि शीर्ष दुईमा पर्ने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्नेछ।


प्रकाशित: Feb 02, 2023| 18:57 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।