सोमबार, असार २३, २०८२

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

vianetvianet

काठमाडौं– अस्ट्रेलिया भ्रमणमा रहेको नेपथ्य ब्यान्डले ब्रिसबेनमा सांगीतिक प्रस्तुति पस्किएको छ। कन्सर्टको केही दिनअघि मात्र गायक अमृत गुरुङसँग भेट्न एक पुराना परिचित बच्चासहित आएका थिए। अमृतले ती बच्चासँग संवाद गर्न खोजे। बच्चाले अप्ठेरो माने किनभने उनी नेपाली बोल्न जान्दैन थिए।

‘त्यसो भए तिमीले नेपालमा हजुरबुबा र हजुरआमासँग कसरी कुरा गर्छाै?’ अमृतले अंग्रेजीमै सोधे। ‘मेरो हजुरबुबा र हजुरआमासँग कुनै संवाद हुँदैन,’ ती बच्चाले जवाफ दिएछन्, ‘हामी हेल्लो र हाइमै सीमित छौं।’

यो घटनाबाट स्तब्ध अमृतले सोमबार बेलुकी ब्रिसबेनको ‘फोर्टिच्युड म्युजिक हलमा टनाटन भरिएका दर्शकसामु आफ्नो मनको गाँठो फुकाए। ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको जरोबाट विमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आह्वान गरे, ‘हजुरबुबा, हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं।’

जवाफमा हलभरिका दर्शकले आवाज र तालीले समर्थन जनाए।

भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, लामपाते सुरती, चरी मर्‍यो, जोमसोमे बजारमा जस्ता एकपछि अर्को सर्वकालिक हिट गीत प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शन पनि बोकेका हुन्छन्।’

अघिल्ला कन्सर्टमा प्रस्तुत गरिएका गीतको सेटलाई नै दोहोर्‍याइएको ब्रिसबेनको कन्सर्टमा पनि यो जिन्दगानी गीत गाउने क्रममा सडक आश्रितका दृश्य देखाइएको थियो। नेपालस्थित मानवसेवा आश्रमका आश्रितको मन छुने दृश्य समेटेको त्यो भिडियोले धेरै दर्शकको मन छोएको देखिन्थ्यो। 

अस्ट्रेलियाको तेस्रो ठूलो सहरमा सोमबार आयोजित कन्सर्टसहित नेपथ्य यस स्थानमा पाँचौं पटक उभिन पुगेको छ। एक दशकअघिसम्म पनि मुस्किलले केही हजार मात्र नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनोट गर्नेहरुको उपस्थिति बढ्न थालेको छ। 

सबै पुस्ताका दर्शक अटाएको हलमा वृद्ध बाआमादेखि तन्नेरी केटाकेटीसम्मको उपस्थिति थियो। 

ब्यान्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सधैंजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।    

ब्रिसबेनको प्रस्तुतिसँगै नेपथ्यले अस्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेस्रो शो सम्पन्न गरेको छ। टोलीले अब आगामी ३ फेब्रुअरीमा क्यानबेरामा सांगीतिक कार्यक्रम गर्नेछ।

प्रकाशित: Feb 02, 2023| 12:28 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।