बुधबार, जेठ २४, २०८०

साउथ ह्याप्म्टनलाई हराउँदै न्युकासल इएफएल कपको फाइनलमा

मंगलबार राति न्युकासलको सेन्ट जेम्स पार्क रंगशालामा सम्पन्न भएको दोस्रो लेगको खेलमा २–१ को जित निकाल्दै न्युकासल फाइनलमा पुगेको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- इङ्लिस फुटबल लिग इएफएल कपको सेमिफाइनलमा जित निकाल्दै न्युकासल फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति न्युकासलको सेन्ट जेम्स पार्क रंगशालामा सम्पन्न भएको दोस्रो लेगको खेलमा २–१ को जित निकाल्दै न्युकासल फाइनलमा पुगेको हो।

Everest Bank

दोस्रो लेगेको खेलको पाँचौं मिनेटमै सियल गनस्टाफले गोल गरेका थिए। उनले खेलको २१ औं मिनेटमा अर्को गोल थपे। यता, साउथ ह्याम्टनले खेलको २९ औं मिनेटमै गोल फर्काए पनि उसले जित निकाल्ने भने सकेन।

साउथ ह्याम्टनका लागि चे एडेम्सले गोल गरेका थिए। यसअघि साउथ ह्याम्टनको मैदानमा सम्पन्न भएको पहिले लेगको खेलमा पनि न्युकासलले १–० को जित निकालको थियो। त्यसैले उसले समग्रमा ३–१ को जितका साथ फाइनल प्रवेश गरेको हो।

सेमिफाइनलको अर्को खेलमा आज म्यानचेस्टर युनाइटेडले नटम फरेस्टको सामना गर्नेछ। यी दुई बीचको पहिलो लेगको खेलमा युनाइटेडले ३–० को जित निकालिसकेको छ।

प्रकाशित: Feb 01, 2023| 09:36. 31 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।