आइतबार, साउन ३, २०८३

भारतको बुलेट ट्रेनलार्इ जापानको ८ हजार करोड लगानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तस्बिर सौजन्य: इकोनोमिक टाइम्स, भारत

काठमाडौं- नेपाललगायत दक्षिण एसियाली मुलुकमा रेलमार्ग निर्माण र रेलसेवा अनुदान दिएको भारत सरकारले मेट्रो रेल निर्माणका लागि जापानी सहयोग नियोग (जाइका)सँग आठ हजार आठ सय करोड ऋण सहयोग सम्झौता गरेको छ।

 जाइकाले औपचारिक विकास सहयोगअन्तर्गत भारतलाई मुम्बईदेखि गुजरातको अहमदावादसम्म तीव्र गतिको रेल सेवाका लागि ऋण सहयोग उपलब्ध गराइएको जानकारी दिएको छ। 

जापानको सिन्कानसेन प्रविधि प्रयोग गरेर मुम्बई-अहमदाबाद बुलेट रेल करिडोर निर्माणबाट यातायात सेवालाई छरितो बनाउने र क्षेत्रीय आर्थिक सहयोग प्रबर्धनमा योगदान पुर्याउने जनाइएको छ। 

जाइकाका भारतस्थित प्रतिनिधि कात्सुओ मात्सुमोतोले सिन्कान्सेन प्रविधिले जापानमा आर्थिक र सामाजिक विकासका साथै स्थानीयवासीको आयआर्जनमा समेत महत्वपूर्ण सहयोग पुर्याएको बताए।  यो रेल परियोजनाबाट स्थानीयवासीलाई पर्ने प्रभावको सघन अध्ययन गरिएको र जाइकाको वातावरणीय र सामाजिक निर्देशिकालाई पूर्ण रूपमा पालना गरिने उनको भनाइ छ।  यो ऋण सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार जाइकाका तर्फबाट मात्सुमोतो र भारतका तर्फबाट आर्थिक मामिला विभागका अतिरिक्त सचिव सीएस महोपात्राले हस्ताक्षर गरेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। 

रेल परियोजनाको कार्यान्वयन भारतको राष्ट्रिय उच्चगति रेल संस्थानले गर्नेछ। गत वर्ष ‌‌‌‌‌‌‌‌‌‌मात्रै जाइकासँग भारतले गुजरातको बडोदरामा रेल तालिम केन्द्र स्थापनाका लागि एक हजार २४ करोड रुपैयाँ ऋण सम्झौता गरेको थियो। 

यसबाहेक जाइकाले पश्चिम भारतीय मालवाहक रेल सञ्जाल विस्तार गर्न २७ हजार दुर्इ सय करोड भारु ऋण सहयोगसमेत उपलब्ध गराउने सहमति जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।