आइतबार, साउन ३, २०८३

नक्कली डाक्टर पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-धनुषाबाट प्रहरीले एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । अध्ययन नै नगरी सर्वसाधारणसँग ठगी गर्दै आएका नक्कली डाक्टरलाई प्रहरीले धनुषाको शहीदनगर नगरपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको नगराईन नगरपालिका-५ खिरखिरीया बस्ने २५ वर्षीय अक्षयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चिकित्सासम्बन्धी कुनै अध्ययन नै नगरी क्लिनिक खोलेर सर्वसाधारणको उपचार गर्दै आइरहेको सूचनाको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

साहले शहीदनगरपालिका-३ मा जानकी हेल्थ केयर एण्ड गेठिया बाथरोग सेन्टरको नाउँमा क्लिनिक सञ्चालन गरेर उपचारको बहानामा सर्वसाधारणसँग ठगी गर्दै आइरहेका थिए। कुनै शिक्षा हासिल नगरेपनि उनले डा.एके साहको नाउँमा प्याड बनाएका छन् । 

साथै प्याडमा साहले आफ्नो शिक्षा बीएएमएस (दरभंगा) एचए. (जनकपुर), जेनेर फिजिसियन र सर्जन उल्लेख गरेका छन् । पक्राउ परेका साह उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।