आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरसम्म ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन गरिने

जनकपुरसम्म ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार अगाडि बढाइएका बेला धनुषामा पनि ग्यास पाइपलाइन जडान गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ। ग्यासको सहज पहुँच र आर्थिक भार कम गर्ने उद्देश्यले पाइपलाइन जडानका लागि विहारको मुजफ्फरपुरदेखि धनुषाको क्षिरेश्वर नगरपालिकास्थित महेन्द्रनगरसम्म सम्भाव्यता अध्ययन गरिने भएको हो।

रक्सौल-अमलेखगञ्जझैं धनुषामा पाइपलाइन जडान गर्न सम्भाव्यता अध्ययन गरिने भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले जानकारी दिएका छन्। शनिबार जनकपुर पुगेका मन्त्री प्रधानले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाइपलाइन जडान गर्नेबारे भारतले छिट्टै सम्भाव्यता अध्ययन थाल्ने बताए।

‘नेपालमा पेट्रोलियम पदार्थको सहज पहुँच होस् भन्ने हामीले चाहेका छौं,’ मन्त्री प्रधानले भने, ‘ढुवानी समस्या अन्त्य गर्ने उद्देश्यले रक्सौल-अमलेखगञ्ज पाइपलाइन विस्तार शुरु गरिएको छ। र, धनुषाको महेन्द्रनगरसम्म पनि हामीले पाइपलाइन जडान गर्न चाहेका छौं।’

भारतले धनुषामा पेट्रोलियम इन्स्टिच्युट र प्रि-भोकेसनल तालिम केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै मन्त्री प्रधानले इन्स्टिच्युट सञ्चालनमा आइसकेपछि यहाँका नागरिक लभान्वित हुने विश्वास व्यक्त गरे।

आपूर्तिमन्त्री मातृका यादवसँगै जनकपुर पुगेका मन्त्री प्रधानले जानकी मन्दिर र धनुषाधाम पुगेर पूजाअर्चनासमेत गरेका छन्। भारतका सीप विकासमन्त्री समेत रहेका प्रधानले इन्स्टिच्युट निर्माण गरिने जग्गाको समेत निरीक्षण गरेका छन्। इन्स्टिच्युट निर्माण गर्न गुठी संस्थान अधिनस्थ करिब १० बिघा १६ कठ्ठा जग्गा अधिग्रहण गर्ने तयारी रहेको छ।

आपूर्ति मन्त्री मातृका यादवले मुजफ्फरपुर-महेन्द्रनगर ग्यास पाइपलाइन जडान गर्न सम्भाव्यता अध्ययन शुरु भइसकेको बताए। भारतबाट पाइप लाइनमार्फत सोझै ग्यास लाउन सकिए उपभोक्तालाई आर्थिक भार कम पर्ने विश्वास उनले व्यक्त गरे। यसका साथै महेन्द्रनगर डिपोमा एलपी ग्यास भण्डारका लागि पूर्वाधार निर्माण गर्ने सरकारको सोच रहेको उनको भनाइ थियो। महेन्द्रनगरमा पेट्रोलियम र ग्यास भण्डारणका लागि पूर्वाधार तयार गर्नेबारे छलफल चलिरहेको मन्त्री यादवले बताए।

महेन्द्रनगर डिपोमा अहिले विहारको बरौनीबाट इन्धन ढुवानी हुँदै आएको छ। तर, त्यहाँ पूर्वाधार नहुँदा ट्यांकरमै भण्डार गर्नुपर्ने बाध्यता छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।