दाङ-माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका-४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
राप्ती गाउँपालिका-४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका बेला माटोको ढिस्कोले पूर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरूको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४