आइतबार, साउन ३, २०८३

धनगढीमा आन्दोलन गर्ने पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नुका साथै राजधानी गोदावरी सारेको बिरोधमा धनगढीमा भैरहेको आन्दोलनको नेतृत्व गर्ने व्यक्ति पक्राउ परेका छन् । अटो रिक्सा चलाउने अर्का एकलार्इ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

राजधानी सारेको बिरोधमा आन्दोलन भैरहेको बेला धनगढीको ट्राफिक चौराहबाट राजबहादुर ऐर र अटो रिक्सा चालक रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । आफुहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको एरेले जानकारी दिए । 

अटो चालकलाई पनि आन्दोलनकारी नै सम्झेर नियन्त्रणमा लिएको ऐेरले जानकारी दिए । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरी बहादुर वलीले जबर्जती सवारी साधनको हावा फुस्काउने बन्द गर्दै हिड्नेलाई नियन्त्रणमा लिने आदेश भएको बताए । 

तर उनले दुई जना नियन्त्रणमा लिएको बारेमा भने एकिन भैनसकेको प्रतिक्रिया दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।