आइतबार, साउन ३, २०८३

राजेन्द्र पराजुलीको ‘अघोरी’ आगमन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आख्यानकार राजेन्द्र पराजुलीका चोटिला कथाहरूको संग्रह ‘अघोरी’ सार्वजनिक भएको छ। यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरू झल्काउने १७ वटा कथा समावेश छन्।

प्रायः हरेक मान्छेका आ-आफ्नै कथा हुन्छन्, जो सबैले भन्न सक्दैनन्। यिनै नभनिएका-नलेखिएका मान्छेका भावना, संवेदना, प्रेम, आवेग, दुःख, पीडा, वैराग्य र खुशीका कथाहरू छन्, अघोरीमा।

‘मान्छे पढ्नु-कथा पढ्नु अथवा मान्छे लेख्नु-कथा लेख्नु मलाई उस्तैउस्तै लाग्छ,’ कथाकार पराजुली भन्छन्, ‘नेपाली समाजको मान्यता बनिबनाउ तथा स्थिर खालको छ। त्यसमा अलिकति भए पनि हलचल ल्याउन मैले शब्दका ढुंगा हान्ने प्रयत्न गरेको छु।’

साहित्यकार तथा पत्रकार पराजुलीले यसअघि कथा, कविता र उपन्यासका आधा दर्जन कृति बजारमा ल्याइसकेका छन्। उनको पछिल्लो कृति ‘अघोरी’को विशेषता यसका कथाहरूमा विविधता हुनु हो।

‘अघोरी’को कुनै पात्र राजनीतिक पराजयपछि शान्तिको खोजीमा एकान्तवासमा हराएकी हुन्छिन्। एक जना आधुनिक अघोरी जीवनको सार्थकता खोज्दै आफैं असामान्य अवस्थामा पुगेको हुन्छ। एउटा कथामा भुटानी अन्वेषक राजदरबार हत्याकाण्डको रहस्य बुझ्न आउँदाको अनुभूति छ। अनि कुनै साहित्यकार मदन पुरस्कार प्राप्तिको उपाय खोज्दै भौंतारिएको रमाइलो कथा पनि छ।

मधेश आन्दोलन चल्दै गर्दा लेखक एक युवा जोडीको जीवनमा प्रवेश गर्छन्, जसले ‘केमिस्ट्री’ जन्माएको छ। हिजोको ‘रातो छाता’ समयक्रममा कसरी लिलामीमा चढ्यो, यो प्रतिकात्मक कथाले क्रान्तिकारी राजनीतिको अवरोहलाई झल्काउँछ। अनि, एउटा कथामा चाहीं नायिकाले सपनामा प्रश्न गर्छिन्, ‘तिमीले मेरो हत्या किन गर्यौ लेखक? तिमी लेखक हौ कि हत्यारा?’

‘अघोरी’ किताब पब्लिसर्सको दोस्रो प्रकाशन हो। यसले अघिल्लो महिना निकालेको पुस्तक, दुर्गा सुवेदीद्वारा लिखित ‘विमान विद्रोह’ बेस्टसेलर भएको थियो। ‘हामीले राजनीतिक गैर-आख्यानपछि साहित्यिक आख्यान प्रकाशन गरेका छौं,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘अघोरीले पाठकहरूलाई छुट्टै स्वाद दिने हाम्रो अपेक्षा छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।