आइतबार, साउन ३, २०८३

पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सामाजिक सञ्जाल फेसबुकले आफ्नो सुरक्षासम्बन्धी कमजोरीका कारण पाँच करोड प्रयोगकर्ताहरूका डाटा चोरी भएको जनाएको छ। फेसबुक एकाउन्ट ह्याक गरेर डाटा चोरी गरिएको मंगलबार मात्रै थाहा भएको जनाइएको छ। चोरी भएको थाहा पाउने वित्तिकै प्रहरीलार्इ जानकारी फेसबुकले जनाएको छ। 

फेसबुकले आफूले भर्खरै अनुसन्धान थालेकोले त्यस्तो आक्रमण कसले गरेको हो भन्ने विषयमा थाहा भइ नसकेको जनाएको छ। कुनै खाताहरूको सूचना दुरुपयोग गरिएको छ कि छैन भन्ने पनि पत्ता नलागेको फेसबुकले जनाएको बीबीसीमा खबर छ। 

फेसबुकमा रहेको 'भ्यू एज’ फिचरमार्फत् कुनै पनि फेसबुक प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिन्छ। यही फिचरमार्फत ह्‍याकरले प्रयोगकर्ताको एकाउन्ट ह्‍याक गरेर डाटा चोरी गर्न सक्छ। डाटा चोरीको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसेबल गरिएको जनाइएको छ। 

एकाउन्ट चोरी भएका सम्भावित प्रयोगकर्तालाई शुक्रबार आफ्नो खातामा पुन: लग इन गर्न सूचना पठाइएको थियो। फेसबुकले अहिले त्यस्तो कमजोरी सुधारिसकिएको र सबै प्रभावित खाताहरूलाई रिसेट गरिएको बताएको छ।

अन्य ४ करोड प्रयोगकर्ताबारे पनि पूर्व सावधानी अपनाइएको जनाइएको छ। 

शुक्रबार शेयर मुल्य तीन प्रतिशतले घटेको फेसबुकका मासिक प्रयोककर्ता दुई अर्ब भन्दा बढी छन्।

फेसबुक आफ्ना प्रयोगकर्ताका तथ्याङ्क सुरक्षित गर्न सक्षम छ भनेर अमेरिका र अन्यत्रका सांसदहरूलाई सहमत गराउन संघर्षरत रहँदा उसले पछिल्लो आक्रमणको सामना गर्नुपरेको हो।

शुक्रबार कनफेरेन्स कलमार्फत फेसबुकका संस्थापक मार्क जकरवर्गले फेसबुकमा निरन्तर आक्रमण भइरहँदा आफ्नो कम्पनीले प्रयोगकर्ताका तथ्याकं सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।