बिहीबार, वैशाख १३, २०८१

कुष्ठरोगको प्रकोप दर निवारण घोषणा गर्दाको समयभन्दा धेरै

आर्थिक वर्ष २०७९–०८० मा यो संख्या २ हजार २८५ अर्थात ०.८१ प्रतिशत छ। तर अझै नेपालका १६ जिल्लामा भने प्रति १० हजार १ भन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्।
 |  आइतबार, माघ १५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, माघ १५, २०७९

काठमाडौं- नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरियो। कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण (प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी) भएको घोषणा गरिएको थियो। त्यस समयमा राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रकोप दर ०.७७ रहेको थियो। 

triton college

कुष्ठरोग निवारणको १३ वर्ष पूरा हुँदा पनि अहिले वार्षिक २ हजार भन्दा धेरै कुष्ठरोगका बिरामी फेला पर्ने गरेको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७९–०८० मा यो संख्या २ हजार २८५  अर्थात ०.८१ प्रतिशत छ। तर अझै नेपालका १६ जिल्लामा भने प्रति १० हजार १ भन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। 

अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी छ। विशेषगरी तराईका जिल्लामा कुष्ठरोगका बिरामी धेरै देखिएका छन्। ती जिल्लाहरूमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्। 

सरकारकै तथ्यांकअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ९१० जना बीरामी थपिएका छन्। त्यस्तै लुम्बिनी प्रदेशमा ५८१ जना, प्रदेश नं १ मा ३४५ जना, सुदूरपश्चिम प्रदेशमा २०५जना नयाँ कुष्ठरोगी भेटिएका छन् भने अन्य प्रदेशमा भने १०० भन्दा कम संख्यामा भेटिएका छन्।

नयाँ भेटिएका बिरामीमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका बिरामी रहेका छन्। स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार विगतमा ११ जिल्लामा कुष्ठरोगका बिरामी रहेकोमा चालू आर्थिक वर्षमा १६ जिल्लामा बिरामी भेटिएका छन्। सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्ययोजना बनाएर काम गर्दै आएको छ तर झन् कुष्ठरोगीका बिरामीहरु थपिँदै गएका छन्। 

सरकारकै तथ्यांकअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ९१० जना बीरामी थपिएका छन्। त्यस्तै लुम्बिनी प्रदेशमा ५८१ जना, प्रदेश नं १ मा ३४५ जना, सुदूरपश्चिम प्रदेशमा २०५जना नयाँ कुष्ठरोगी भेटिएका छन् भने अन्य प्रदेशमा भने १०० भन्दा कम संख्यामा भेटिएका छन्।

corrent noodles
Metro Mart

मधेसमा किन धेरै? 
सरकारी तथ्यांक अनुसार सबैभन्दा धेरै कुष्ठरोगीको संख्या तराई क्षेत्रमा छ। मधेश प्रदेशको सर्लाही बाहेक सबै जिल्लामा कुष्ठरोगीहरु छन्। कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. प्रशन्न नापितका अनुसार  कुष्ठरोगको संक्रमण नेपालको तुलनामा भारतमा कैयौँ गुणा बढी छ। तराईका जिल्लाहरु भारतसँग जोडिएकाले र खुला सिमानाका कारण आवतजावतका कारण उक्त जिल्लाहरुमा धेरै कुष्ठरोगीहरु देखिएका हुन्। साथै सो क्षेत्रमा बसोबास साँघुरो भएकाले पनि नजिक बसिरहेका मानिसहरुलाई सर्ने उनी बताउँछन्।

अघिल्ला वर्षहरूमा कोभिडका कारण कुष्ठरोग भएकाहरुको पहिचान गर्न नसकेकोले पनि कुष्ठरोगी बढेको नापित भन्छन्। कोभिडले गर्दा केस खोज्न पनि गाह्रो भयो। त्यसैले पहिचानमा कठिनाई भएको उनी बताउँछन्। हाल कोभिड कम भएसँगै अस्पतालमा पुग्नेहरुको संख्या बढेको हो। 

नेपालमा रहेका कूल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन्। मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन थालेका छन्। 

नापित भन्छन्, ‘नयाँ बिरामीको संख्या बढ्दै जाँदा सरकारको २०३० भित्र कुष्ठरोगको फैलावट रोक्ने लक्षमा प्रभावित हुने देखिन्छ। सरकारले  लगातार पाँच वर्षसम्म देशभरका १५ वर्षमुनिका बालबालिकामा कुष्ठरोगका नयाँ बिरामी शून्य बनाउने रणनीतिका साथ काम गरिरहेको छ।’

नापितका अनुसार कुनै पनि स्थानिय तहमा लगातार ५ बर्षसम्म १५ बर्ष मुनिका बालबालिकामा कुष्ठरोगी नभेटिनुलाई कुष्ठरोगको फैलावट रोकिनु हो भन्ने बुझिन्छ। यो वर्ष मात्रै ७३ जना १५ वर्ष मुनिका बालबालिमा रोगको नयाँ केस पत्ता लागेको छ। 

अघिल्ला वर्षहरूमा कोभिडका कारण कुष्ठरोग भएकाहरुको पहिचान गर्न नसकेकोले पनि कुष्ठरोगी बढेको नापित भन्छन्। कोभिडले गर्दा केस खोज्न पनि गाह्रो भयो। त्यसैले पहिचानमा कठिनाई भएको उनी बताउँछन्। हाल कोभिड कम भएसँगै अस्पतालमा पुग्नेहरुको संख्या बढेको हो। 

समाजमा पुनर्स्थापना हुनै चुनौतिपूर्ण 
अझैपनि कुष्ठरोग निको भइसकेका बिराममीहरु समाजमा पुनस्र्थापना हुन सकेका छैनन्। यो निकै चुनौतिपूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी बताउँछन्।

सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन्।

समाजमा पुनस्र्थापना हुन नसक्ने कारणले नै कुष्ठरोगका बिरामीहरु बहिर आउन चाहेका छैनन्। गिरी भन्छन्, ‘यसको लागि मिडिया, सामाजिक संस्था, व्यक्तिको सहयोग आवश्यक पर्छ।’ कुष्ठरोगीलाई समाजले हेर्ने सामाजिक मनोविज्ञान परिवर्तन गर्न जनचेतनाको आवश्यक रहेको मन्त्री गिरी बताउँछन्।

कुष्ठरोग निवारणका लागि तत्काल ठोस काम गर्न सकिएन भने अझै फैलने र यस्ता रोग देखिनेलाई अपांगता बनाउने चुनौती रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमानलाल दास बताउँछन्।  नेपालमा बर्सेनि २२–२३ सय कुष्ठरोग बिरामी देखिन्छन् भने विश्वमा २ लाख भेटिन्छ। यो रोग उपचार गरे निको हुन्छ। कुष्ठरोग सरुवा रोग हो। तर समयमै उपचार गरे पूर्ण रुपमा निको हुन्छ । चिकित्सकका अनुसार उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन। सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन्।


प्रकाशित: Jan 29, 2023| 19:03 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्