शुक्रबार, फागुन २९, २०८२

कुष्ठरोग निको भए पनि समाजमा पुनर्स्थापना चुनौतीपूर्ण छ: स्वास्थ्यमन्त्री गिरी

कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनर्स्थापना हुनु निकै चुनौतिपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनर्स्थापना हुनु निकै चुनौतिपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।

National life

विश्व कुष्ठरोग निवारण दिवसका अवसरमा आयोजित राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री गिरीले समाजमा पुनर्स्थापना हुन नसक्ने कारणले नै कुष्ठरोगका बिरामीहरु बहिर आउन नचाहेको बताए। उनले यस्तो अवस्थाा अन्त्यका लागि मिडिया, सामाजिक संस्था,व्यक्तिको सहयोग आवश्यक पर्ने बताए। 

कुष्ठरोग निवारणका लागि तत्काल ठोस काम गर्न सकिएन भने अझै फैलने र यस्ता रोग देखिनेलाई अपाङ्गता बनाउने चुनौती रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमानलाल दासले बताए।  उनका अनुसार नेपालमा बर्सेनि २२–२३ सय कुष्ठरोग बिरामी देखिन्छन् भने विश्वमा २ लाख भेटिन्छ। यो रोग उपचार गरे निको हुन्छ। 

कुष्ठरोगीलाई समाजले हेर्ने सामाजिक मनोविज्ञान परिवर्तन गर्न जनचेतनाको आवश्यक रहेको उनी बताउँछन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको थियो । तर पनि १६ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारी तथ्यांक छ। 

बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली, रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी र बारामा कुष्ठरोग देखिएको छ। यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ भन्दा बढी कृष्ठरोगी देखिएको छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 29, 2023| 17:40 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्