मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ज्यान मार्ने उद्योगमा सांसद दीपक मनाङे दोषी ठहर, पाँच वर्ष जेल सजाय

ज्यान मार्ने उद्योगमा सांसद दीपक मनाङे दोषी ठहर, पाँच वर्ष जेल सजाय

 |  मंगलबार, कात्तिक २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१

vianetvianet

काठमाडौं- गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्।

यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मंगलबार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो।

२०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए। घटनामा चक्रेको हात काटिएको थियो। घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन्।

सो उजुरीमा जिल्ला अदालत काठमाडौंले घटनालाई कुटपिट भएको ठहर गरेको थियो भने केहीलाई दुई वर्ष जेल सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले मुद्दामा पुनरावेदन गरेको थियो।

पाटन पुनरावेदन अदालतले २०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको फैसला गरेको थियो। उक्त फैसलालाई मंगलबार सर्वोच्च अदालतले सदर गरेको हो।

प्रकाशित: Nov 05, 2024| 18:17 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्