बुधबार, मंसिर ९, २०८३

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं- बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। 

Machhapuchchhre

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन्।

रसुवास् बाढीका कारण भदौ १० गते बिहान १०ः३० बजेदेखि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहेको छ। 

रघुगंगा गाउँपालिका वडा नं. २, बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। 

कालीगण्डकी कोरिडोरअन्तर्गत बौदीकाली गाउँपालिका वडा नं. ३, जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ।

प्रकाशित: Oct 05, 2026| 23:21 सोमबार, असोज १९, २०८३