सुर्खेत- सुर्खेतमा शुक्रबार एउटा बाघको उद्धार गरिएको छ।
आठ फिट गहिरो खाल्डोमा खसेको बाघलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। भेरीगंगा नगरपालिका- ९ को शान्तिपुर गाँउमा कुवा खन्दै गरेको अवस्थामा अन्दाजी ७-८ फिटको खाल्डोमा खसेको बाघको उद्धार गरिएको हो।
ओत जातको उक्त बाघलाई ईलाका प्रहरी कार्यालय छिन्चुको टोलिले उद्धार गरी इलाका सब डिभिजन कार्यालय छिन्चुमा बुझाइएको सुर्खेतका डिएसपी श्याम सिंह चौधरीले जानकारी दिए। उनका अनुसार उद्धार गरिएको बाघ इलाका सब डिभिजन कार्यालयका फरेष्टर प्रताप खत्रीको जिम्मा लगाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४